साँस्कृतिक पर्यटक

सोलुखुम्बु, बैसाख ३१ गते । साहशिक पर्यटकहरुको गन्तव्य सोलुखुम्बुमा संस्कृतिक पर्यटकहरुको पनि अकर्षणको केन्द्र बन्दै गईरहेको छ ।
सोलुखुम्बुमा विभिन्न जातजाति भेषभुषा र सामुदायको बसोबास रहेको हुदा विभिन्न संस्कारसंस्कतृकिो अध्ययन गर्ने पर्यटक पनि आउने गरेका हुन् । जिल्लामा गुरुङ, माझी, भुजेल, कुलुङ, थुलुङ, खालिङ, वाहिङ, शेर्पा, नेवार, तामाङ आदीको बसोबार रहेको र ति जातीहरुको संस्कार संस्कृति हेर्न पनि सोलुखुम्बु पर्यटकहरु आउने गरेको स्थानीयहरु बताउछन् । जाति अनुसार फरक फरक समयमा आ–आफ्नो संस्कार अनुसारको नाजगान हुने र त्यसता नाजगानमा पर्यटकहरु पनि रम्न आउने गरेको नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान संघ सोलुखुम्बुका अध्यक्ष परमध्वज कुलुङले बताउनु भयो । कुलुङका अनुसार गुदेल क्षेत्रमा अहिले ईटालियण एक टोलीले धामीझाँक्रीको अध्ययन सम्पन्न गरेका छन् ।
शेर्पाहरुको डुम्जीमा पनि पर्यटकहरु रम्ने गरेका छन् । हिमाली क्षेत्रमा शेर्पाहरुको बढि बसोबास रहेको र उक्त क्षेत्रमा हिमाल हेर्न आएका पर्यटकहरु साँस्कृतिक पर्यटकको रुपमा आउने पर्यटक पनि रहेको नाम्चेका व्यवशायी सोनाम शेर्पाले बताउनु भयो ।‘अहिले पछिल्लो समय संस्कृतिक पर्यटकको संख्या बृद्धि भईरहेको छ भने यहाँको भेषमा नै रम्ने गरेका छन् ।’ विशेष गरि शेर्पाहरुको भेष महँगो रहेको तर उक्त महँगो भेषमा रम्न पाउदा पर्यटकहरु खुशी हुने गरेका छन् ।
किरातीहरुको चण्डीनाचमा पनि पर्यटकहरु रम्न आउने गरेको जिमी राई उत्थान समाज सोलुखुम्बुका अध्यक्ष शिव प्रसाद राईले बताउनु भयो । राईहरुको चण्डी नाच हर्षाेल्लासका साथ मनाउने गरिएको र उक्त नाचमा पर्यटकहरु समेत मजाले रम्ने गरेको राईको भनाई छ ।
एकजना बेलायती नागरिक पेटोर एस्क्यारो भन्नहुन्छ‘हाम्रो पनि आफ्ना संस्कृति छ तर यहाँको संस्कृतिमा रम्न पाउदा साह्रै मजा लाग्छ । यहाँको र हाम्रो देशको संस्कृति फरक रहेकोले हामीलाई मजा लाग्छ ।’ नेपाल घुम्न आउने पर्यटकहरु मनोरञ्जनका लागि आउने गरेकोले यहाको संस्कृतिसँग रमेर मनोरञ्जन लिने गरेको पर्यटकहरुको भनाई छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.