एक हप्तामा ८ हजार मिटर माथिका दुई हिमाल आरोहण

सोलुखुम्बु, बैसाख ३१ गते । एक हप्ताको अवधिमा एक नेपाली महिला आरोहीले ८ हजार मिटर माथिका दुईवटा हिमालको शिखर चुमेका छन् । गोरीशंकर ९ दोलखाकी निमा जाङमु शेर्पाले आज विहान सगरमाथाको शिखर चुमेसँगै ८ हजार मिटर माथिका दुई हिमाल आरोहण गर्न सफल हुनुभएको हो । यसअघि ८ हजार ५ सय १६ मिटर अग्लो लोत्से आरोहण गरिसक्नु भएको पर्यटन विभागका सगरमाथा आधारशिविर सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले बताउनु भयो ।
आईतबार(हिजो)देखि सगरमाथा आरोहणको बाटो खुलेसँगै सगरमाथा आरोहणका लागि शिखरतर्फ लागेका दर्जनौ आरोहीहरु आज पनि शिखर पुगेका छन् । पर्यटन विभागका सम्पर्क अधिकृत श्रेष्ठका अनुसार निमासँगै आज विहान ५० जना भन्दा बढिले सगरमाथाको शिखर चुमेका छन् । सगरमाथाको आरोहण गर्न सबैभन्दा उत्तम मौसम अहिले रहेको हुदा आरोहीहरु सगरमाथाको शिखरतर्फ लागेकोले मौसमले साथ दिए एक हप्ताभित्र सबै आरोहीले सफलता हासिल गर्ने सम्पर्क अधिकृत श्रेष्ठले बताउनु भयो ।
त्यस्तै दुई वटै खुट्टा नभएका एक चिनिया नागरिकले पनि आजै सगरमाथाको सफल आरोहण गरेका छन् । पर्यटन विभागका सगरमाथा आधारशिविर सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठका अनुसार आज विहान चिनिया नागरिक सिया बोयुले सगरमाथाको शिखरमा पाईला राख्नु भएको हो ।
४० वर्षअघि हिउँको चिसोका कारण सिया बोयुको दुइवटै खुट्टा नचल्ने अवस्थामा पुगेको र पछि क्यान्सर रोगका कारण उनले दुवै खुट्टा गुमाउनु परेको थियो । चिसोका कारण खुट्टा गुमाउन पुगेका बोयु अविचलित भईरहे । खुट्टा गुमाएपनि सगरमाथा आरोहण गर्ने योजना परित्याग गरेनन् । नेपाल सरकारले दुवै खुट्टा नभएका आरोहीलाई आरोहण गर्न नदिने नियम ६ महिला अघि ल्याएको थियो तर अदालतले त्यो नियम कार्यान्वयन नगर्न आदेश दिएपछि चिनिया नागरिक सिया बोयुको सपना पुरा भएको हो ।

Recommended For You

2 Comments

  1. Mommmy and Daddy hսgged the twіns becausse itt was getting time
    to geet to bed. ?Mommy thinks one of the best factoг aboᥙt God is
    he gav me these tѡo littlee rascɑls and theyгe the perfect thіngg in Mommy?s world.?

    She mentioned cuddling and tickling both boys.
    That wwas the sort of thing mommies all the time say.
    The gіggledd and hugged Mommy and were almost rready to go to their
    bunk bеds when Lee said.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.