कामीरिता २२ औं पटक सगरमाथा शिखरमा

काठमाडौं, जेठ २ गते । आरोही कामीरिता शेर्पाले सगरमाथा आरोहणमा नयाँ विश्व कीर्तिमान कायम गर्नुभएको छ । शेर्पाले आज सगरमाथको शिखर चुमेसँगै २२ पटक सगरमाथाको चुचुरोमा पाईला टेकेर नयाँ विश्व कीर्तिमान कायम राख्न सफल भएको पर्यटन विभागका सगरमाथा आधार शिविर सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
आरोहणको चौथो दिन आज बिहान ८ः३० बजे सगरमाथाको सफल आरोहण गरेको सम्पर्क अधिकृत श्रेष्ठले बताउनुभयो । कामीरिताले यसअघि २१ पटक सगरमाथाको शिखरमा पुगेका आप्पा शेर्पा र आफ्नै नाममा रहेको विश्व कीर्तिमानी तोड्नुभएको छ । यस अभिसम्म २१ पटक आरोहण गर्ने दुई जनाको नाममा रेकर्ड थियो ।
सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५, थामेमा जन्मेका ४८ वर्षीय कामीरिताले सन् १९९२ देखि सगरमाथा आरोहण सुरु गरेका हुन् ।

Recommended For You

1 Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.