सन्दीप वर्षको उत्कृष्ट युवा खेलाडी

काठमाडौं – नेपाल क्रिकेटका युवा स्पिनर सन्दीप लामिछाने एनएसजेएफ पुल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत सन्दीप वर्षको उत्कृष्ट युवा खेलाडी भएका छन्।

नेपाली क्रिकेट टोलीले एक दिवसिय मान्यता पाउँदा महत्वपूर्ण भूमिका निर्वाह गरेका सन्दीपले फुटबलका दिनेश हेम्जन, क्रिकेटकै दीपेन्द्रसिंह ऐरी, जुडोकी मनिता श्रेष्ठ प्रधान र बक्सिङकी पुनम रावललाई पछि पार्दै उक्त उपाधि जितेका हुन्।

सन्दीप हाल आइपिएल खेल्न दिल्ली डेयरडेभिल्ससङ्ग आबद्ध छन्। रोयल च्यालेञ्जर्स बंगलोरविरुद्ध आइपिएलमा पहिलो पटक मौका पाएका सन्दीपले डेब्यमा उत्कृष्ट बलिङ्ग गरेका थिए।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.