१ सय ५९ जना सगरमाथाको शिखरमा

काठ्माडौं, जेठ ४ गते । सगरमाथा आरोहणको बाटो खुलेपछि पाँचौ दिनसम्म १५९ जना आरोहीले सगरमाथाको शिखर चुमेका छन् ।
विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणमा गएका दुई समूहका १८ जानाले बिहीबार शिखरमा पाइला टेकेसँगै १ सय ५९ जना पुगेका हुन् ।
यस वर्ष १५९ जनाले सगरमाथाको सफल आरोहण गरेका छन् । सबैभन्दा बढी बुधबार एकैदिन ९४ जना आरोहीले सगरमाथाको सफल आरोहण गरेको नेपाल सरकारका सरगमाथा आधार शिविर सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
यस वर्षको वसन्त ऋतुमा २० जना नेपाली सहित ३४६ जनाले सगरमाथा आरोहणको अनुमति लिएका छन् ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.