पाँचदिनको समय खर्च गरेर झारफुक गर्न सदरमुकाम

सोलुखुम्बु, जेठ ४ गते । दुर्गममा व्यवस्थित स्वास्थ संस्था नहुदा उपचारका लागि सदरमुकाम तथा शहरमा रहेको अस्पतालमा जानु नौलो कुरा होईन तर सोलुखुम्बुमा भने दुर्गमका नागरिक अस्पताल नगई झारफुकका लागि सदरमुकाम जाने गरेका छन् ।
सदरमुकाममा व्यवस्थित अस्पताल छ । मेडिकलहरु पनि पाईन्छ तर अस्पताल कै छेउमा पुगेर अस्पताल नगई झारफुक मात्र गर्ने गरेका छन् । छेस्कामका कमली कुलुङले आफु बिरामी भएपछि झारफुक गर्न छेस्कामबाट दुईदिनको समय खर्च गरेर सल्लेरीमा झारफुक गरेको बताउनु भयो ।‘एउटा विश्वासले आएको हो । झारफुक गरेको छु राम्रै हुन्छ होला ।’ उहालाई छेस्कामबाट भारफुकका लागि सल्लेरी पुगेर घर फर्किदा पाँचदिन लागेको बताउनु भयो ।
त्यस्तै बुङका अविना राई बिरामी भएपछि सल्लेरीमा धामीकोमा गई झारफुक गर्नुृ भएको बताउनु भयो । यस पटक झारफुक मात्र गरेको र झारफुकले निको नभए मात्र अर्काेपटक सल्लेरीस्थित जिल्ला अस्पतालमा जाने उहाको भनाई छ ।
त्यस्तै अmझैपनि धामीझाँक्री प्रतिको विस्वास कायम रहेपछि धेरैको आम्दानीको स्रोत भएको छ । सल्लेरीका मान बहादुर तामाङmे झारफकु गरेर राम्रो आम्दानी गरिरहनु भएकोे बताउनु भयो–‘ दिनमा १०÷१२ जना सम्म आउछन्, झारफुक गरे वापत यतिनै रकम दिनुपर्छ भन्दिन तर आफ्नो दया मायाले दिने गरेका छन् ।’ नआउदा पनि पनि दिनमा २÷३ जना बिरामी झारफुकका लागि आउने गरेको उहाको भनाई छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *