श्रोताले बिर्सिँदै गएका पूर्वेली लोकगायक नविन

कुम्भराज राई
ओखलढुंगा– त्यतिखेर गाउँमा सेना पुलिसमा जागिर खान जाने लहर थियो । उनी पनि भर्ती जाने सोचले राजधानीतिर बत्तिए । शुरुमा त ब्रिटिश आर्मी खाने रहर पलायो । सबैकुरामा पास भए । अन्तिममा क्षत्रीको छोरो भएको भन्दै फालिए । त्यसपछि इन्डियन आर्मीमा गए । त्यहा“ किन हो आफ्नै मनले मानेन । अनि नेपाली सेनामा एक नम्बरमा भर्ति भए ।
उनै हुन् यहा“को वाच्पु–४, पोकलीका लोक गायक नविन ढुंगेल । आर्मीमा त खुबै मनोरञ्जन चाहिने रहेछ । उनले त्यसपछि थाहा पाए । गाउ“को मेला, जात्रा र एकराते बजारमा राम्रै मादल ठोकिसकेका नविनले पल्टनभित्र आफ्ना कला प्रस्तुत गरे ।
त्यतिबेला वर्षेनी त्रिभुवन जयन्तीको अवसरमा अधिराज्यव्यापी लोकगीत प्रतियोगिता हुन्थ्यो । २०३७ सालको प्रतियोगिताको सूचना गोर्खापत्रमा देखेपछि उनलाई साथीहरुले प्रतियोगीमा नाम दर्ता गर्न सुझाव दिए । उनले ७ सय ४० औ“ नम्बरका प्रतियोगीको रुपमा नाम दर्ता गराए ।
प्रतियोगितामा ‘मेरौ माया निरजालै कहा गईछौ यतिन्जेल, खोजें मैले निरजालै परान ले भेटिन्जेल, काँचो कटहर, म जान्छु राङखोला रोक मोटर..’ बोलको गीत गाए । सोही गीतले त्यो सालको प्रथम स्थान पायो । उनले तत्कालीन राजारानीबाट १ हजार नगद सहित सम्मान पाए । त्यसपछि त लगातार रेडियो नेपालमा गीत गाउने अवसर मिल्यो ।
२०३८ सालमा रेकर्ड भएको नविन, सूर्य थुलुङ, तिर्थाकुमारी श्रेष्ठ र हिरा राईले गाएको ‘माच्छी मारन हो दाई हो..’ बोलको गीत निकै चर्चित भयो । उनले लगातार २०४३ सालसम्म रेडियो नेपालमा गीत गाए । सातवर्षको अवधिमा करिब ६० जति गीत रेडियो नेपालमा रेकर्ड भयो । ‘साइकल सरर हो साईकल सरर हो, यो मायालाई सम्झ“दा मनै हरर’ त्यहि अवधिको चर्चित गीत हो ।
सेनामा प्रमोसनको विवादले गर्दा १९ वर्षपछि उनले २०५६ सालमा जागिर छोडे । २०५८ सालमा रेखा शाहस“ग मिलेर गाएको ‘मनपर्ने एउटी साली छ, मान्छे त राम्रै हो अलि काली छ’ भन्ने गीत खुबै चल्यो । हालसम्म नविन ढुंगेलको सातवटा एल्बम निस्किएका छन् । रेकर्डिङ भएको गीतको संख्या करिब १ सय वटा छन् ।
तर रेडियो नेपालमा रेकर्ड भएका तत्कालीन सबै गीतहरु हराएर गए । तिनै गीतलाई रिमेक गर्ने तर्खरमा नविन लागेका छन् । ‘अब त बुढो पनि भए“, स्वर पनि बिग्र“दै गएको छ ।’ हालै गाउ“मा भेटिनुभएका ६० वर्षिय नविनले भने, ‘आफ्ना सिर्जना नमरुन भनेर रिमेक गर्ने सोच बनाएको हु“ ।’ पूर्वेली लोक भाका हराउ“दै गएकोमा उनलाई चिन्ता छ । मान्छेहरु अल्छे भएपछि, मिडियाले सस्तो लोकप्रियतालाई साथ दिँदा पूर्वेली लोक भाका ओझेलमा परेको उनले बताए ।
पूर्वेली भाकालाई विभेद गर्ने काम रेडियो नेपालबाटै भएको उनको आरोप छ । जब जब रेडियो नेपालमा कार्की बमबहादुर, प्रेमराजा महत, नारायण रायमाझी जस्ता मान्छे छिरे तब तब पूर्वेली लोक भाकाका क्यासेट डस्टविनमै फालिने गरेको बताए ।
उनी बुलु मुकारुङका सहपाठी हुन् । बुलु मुकारुङ हाल रेडियो नेपालमै कार्यरत छन् । तर उनै मुकारुङस“ग गाएको ‘पानी कुवैको, घरबार छैन नि लैले हामी दुवैको’ भन्ने गीत नै रेडियो नेपालमा छैन । ‘भोजपुरैको डबली मेलैमा, हा“सौ खेलौ“ ए हजुर भेट भाको बेलैमा’ पनि रेडियो नेपालमै हरायो ।
दुःखले गर्दा कमाउनकै लागि ५ वर्ष इराकमा अमेरिकन आर्मीको सहयोगी बन्न पुगे । जब सद्दाम हुसेन मारिए । त्यसपछि लादेन मार्ने सेनाको पल्टनस“ग अफगानिस्तानको काबुल पुगे । काबुलबाट भने उनी नेपाल फर्किए । उनको तीन छोरा मध्ये जेठा अभय ढुंगेल पनि लोक गायक हुन् । हाल उनी अमेरिका बस्छन् । छोरा अभय, भतिज राजुस“ग मिलेर नविनले प्रशस्तै गीत गएका छन् ।
स“गैका साथीहरु राम थापा, सुन्दर श्रेष्ठ, रामशरण नेपाली स्वर्गबास भईसके । दाजु मानेको पाण्डव सुनुवार पनि छैनन् । रेडियो नेपालमा कार्टेजमा भएका आफ्ना गीत नभेटि“दा अलिकति चित्त दुख्छ भन्छन् । ‘जति गीत गाएको छु । क्वान्टिटि भन्दा क्वालिटि दिएजस्तो लागेको छ ।’ ढुंगेलले भने, ‘श्रोताले सम्झिए कि बिर्सिए थाहा भएन । तर पुरानो गीतहरु सम्झँदै नयाँ बनाउने तयारीमा लागेको छु ।’

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.