सगरमाथा आरोहणमा रेकर्ड नै रेकर्ड

काठमाडौं, जेठ ४ गते । चालु याममा सगरमाथाको सफल आरोहण भएको छैटौंदिन आज थप ५१ जनाले सफल आरोहण गरेका छन् । विश्वको सर्वाेच्च शिखरको बाटो खुलेको आज छैटौंदिन सम्म ६० प्रतिशत आरोहीले सगरमाथाको सफल आरोहण गरिसकेका छन् । आज ५१ जना आरोहीले सफलता चुमेसँगै यस सिजनमा आरोहणका लागि अनुमति लिएका मध्ये २ सय १० जना आरोहले सफलता हात पारेको पर्यटन विभागका सगरमाथा आधारशिविर सम्पर्क अधिकृत तिलक राम पाण्डेले जानकारी दिनु भयो ।
आरोहणको पहिलो दिन जना आईसफल डाक्टरहरुले सफलता हात पारेसँगै खुलेको सगरमाथा आरोहणका बाटोमा अहिलेसम्म २ सय १० जनाले सफलता हात परेका छन् भने अव १ सय २४ जनाले मात्र आरोहणमा सफलता हात पार्न बाँकी रहेको छ । यस सिजनमा ३ सय ४६ जनाले सगरमाथको आरोहणका लागि स्विकृती लिएका छन् ।
यस वर्षको आरोणमा पनि थुप्रै रेकर्डहरुका कायय भएको छ । दुई वटै खुट्टा नभएका निनिया नागरिक सिया बोयुलेले ८८४८ मिटर अग्लो शिखर चुमेका छन् भने कामीरिता शेर्पाले २२ अ‍ैं पटक सगरमाथा चुमेका छन् । यसरी प्रत्येक वर्ष नयाँ नया ईतिहास बनिरहेको छ । त्यस्तै दोलखाका निमा जाङमु शेर्पाले आफ्नो एक हप्ताको अवधीमा ८ हजार पाँच सय मिटर माथिका सगरमाथा र लोत्शे आरोहण गरेर नयाँ ईतिहास रच्नु भएको छ । साथै दोर्जी गयल्जेन शेर्पाले पनि आफ्नो आरोहणलाई निरन्तरता दिदै १५ औ पटक आरोण गर्नु भएको छ ।
यस वर्षको मौसम राम्रो भएकोले अहिलेसम्म समस्या नभएको आरोहीहरु बताउछन् । तेस्रोदिन मौसम प्रतिकुल हुदा आरोहण हुन नसकेको बाहेक अहिलेसम्म राम्रो रहेको आरोही कामीरिता शेर्पाले बताउनु भयो ।

Recommended For You

2 Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.