सन्दीपको उत्कृष्ट प्रदर्शन-दिल्ली विजयी

काठमाडौं – भिभो आइपिएल २०१८ मा अहिले नेपालका युवा स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्ली डेरडेभिल्सले चेन्नाई सुपर किङ्सलाई हराएको छ ।
१ सय ६३ रनको लक्ष्य पछ्याएको चेन्नाईले निर्धारित २० ओभरमा केवल १ सय २८ रन बनाउन सफल रह्यो । चेन्नाईका लागि ओपनर अंबाती रायडुले सर्वाधिक ५० रन बनाए भने रविन्द्र जडेजाले २७ रन जोडे । सुरेश रैना (१५ रन), महेन्द्र सिंह धोनी (१७ रन) र शेन वाट्सन (१४ रन) क्रिजमा धेरै टिक्न सकेनन् ।

दिल्लीको जितमा सन्दीपको भूमिका महत्त्वपूर्ण रह्यो । खेलको दोस्रो ओभरमा बलिङ गर्न आएका सन्दीपले २ रन दिएका थिए । ६ बल नै शेन वाट्सनलाई बलिङ गर्दै सन्दीपले ५ डट बल फालेका थिए । खेलको १२ औं र आफ्नो दोस्रो ओभरमा भारतका दुई निकै अनुभवी ब्याट्सम्यान महेन्द्र सिंह धोनी र सुरेश रैनालाई बलिङ गर्दै उनले ६ रन खर्चे ।

खेलको १४ औं तथा आफ्नो तेस्रो ओभरको पहिलो बलमै सन्दीप रैनाको विकेट लिन सफल भए । त्यस्तै १६ औं ओभरमा आफ्नो अन्तिम ओभर बलिङ गर्दा सन्दीपले ११ रन दिए । ४ ओभरमा सन्दीपले २१ रन दिए । अमित मिश्रा र ट्रेन्ट बोल्टले दिल्लीका लागि २-२ विकेट लिए ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.