ईन्टरनेटले आरोहीलाई परिवारसँग नजिक बनाउदै

अहिलेको ससयमा अधिकाँशले सामाजिक सञ्जालको प्रयोग गरिरहेको हुन्छ । जुनसुकै व्यवशाय गर्नेले पनि सामाजिक सञ्जाल प्रयोग गरिरहेका छन् । मोवाईलमा पनि भाईबर, फेसबुक, स्काईप, ट्विटर जस्ता सेवासुविधा भएपछि बाटोमा हिड्दा वा कुनै फुर्सद निस्केमा त्यही मोवाईलबाट सामाजिक सञ्जाल चलाउनेको सँख्या पनि उत्तिकै छ । सामाजिक सञ्जालको प्रयोगका लागि ईन्टरनेट अनिवार्य छ । भौगोलिक रुपमा जति विकट र जटिल भएपनि विगत चार वर्षयता सगरमाथा आधारशिविर तथा आसपाासका क्षेत्रमा एभरेष्ट लिङ्कले ईन्टरनेट सेवा दिएपछि धेरैलाई सहज भएको छ ।
पर्यटकिय क्षेत्र सगरमाथा क्षेत्रको आधार शिविरमा पनि अहिले ईन्टरनेट चल्न थालेपछि सगरमाथा, नुप्चे, लोत्से लगायतका हिमाल आरोहण गर्न आएका आराहीहरु, विदेशी पर्यटक, आरोहण सहयोगी तथा भरियाहरु सबैलाई सहज भएको छ । समुन्द्र सतहदेखि ५ हजार ३ सय ६४ मिटर अग्लो स्थानमा रहेको सगरमाथा आधारबाट विदेशी पर्यटकहरुलाई ईन्टरनेटले आफ्ना घरपरिवारसँग नजिक बनाइदिएको छ । त्यस्तै नेपाल सरकारका सम्पर्क अधिकृतहरुलाई पनि सुचना प्रवाह गर्न सजिलो भएको नेपाल सरकारका सगरमाथा आधार शिविर सम्पर्क अधिकृत तिलक राम पाण्डेले बताउनु भयो ।‘महँगो चाँही छ तर त्यस्तो ठाउँमा नेत चल्नु भनेको धेरै राम्रो हो ।’ पाण्डेका हनुसार ईन्टरनेटले धेरैलाई सहज बनाएको छ भने शिखर चुमेको केहि घण्टामै आरोहीलाई परिवारलाई जानकारी दिन पाएका छन् । क्याम्प ४ सम्म पहँुच पुग्ने भएकोले आरोहीले परिवारलाई जानकारी गराउन भ्याएको सम्पर्क अधिकृत पाण्डेले बताउनु भयो ।
सगरमाथा आधार शिविरमा मोवाईल तथा टेलीफोनले राम्रोसँग काम गर्दैन । नमस्ते र स्काई मोवाईल सेवाको नेटवर्क दिन्छ तर आउदै जादै गरेकोले भरपार्दाे नभएकोेबेला सगरमाथा आधारशिविरमा ईन्टरनेट भने मजाले चलाउन पाईने पर्यटक भरिया राज कुमार राई बताउनु हुन्छ ।‘दिनभरी भारी बोकिन्छ, मोवाईलमा टावर नदिएपनि ईन्टरनेट मजाले चलेकोले फुर्सदमा साथीभाईसँग कुराकानी गर्न फेसबुक चलाउछु ।’
त्यस्तै पर्यटन विभागका अर्काे सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठका अनुसार सगरमाथा आधारशिविरमा ईन्टरनेट चलेको देखेर शहर बजार जस्तै लागेको बताउनु भयो । मोवाईलको नेटवर्कले काम नगरेको भएपनि ईन्टरनेट चलेपछि सहज भएको उहाको भनाइ छ । सगरमाथा आधारशिविरमा रहेका विदेशीहरु ईन्टरनेटको प्रयोग गरेर आफ्नो पविारहरुसँग बोल्न पाएका छन् भने खुम्बु क्षेत्रको भ्रमणको फोटोहरु परिवरलाई पनि बाड्न पाईरहेका छन् ।
चार वर्ष अघिसम्म त सगरमाथा आधार शिविर क्षेत्रमा सञ्चारको पहुँच नहुदा निकै समस्या भएका थिए । पर्यटक सहयोगी गणेश राई भन्नुहुन्छ–‘सगरामाथा आधारशिविरमा पुगेपछि फोनले काम नगरेकोले महत्वपूर्ण फोन गर्नु परेमा तीनदिनको समय खर्च गरेर फोन गर्न नाम्चेतिर आउनु पथ्र्याे भने अहिले त ईन्टरनेट चलेकोले निकै सहज भएको छ ।’ घरमा सामाजिक सञ्जाल तथा ईन्टरनेट प्रयोग गर्ने नहुनेले पनि छिमेकी तथा गाउलेबाट आफु सञ्चो विसञ्चो भएको परिवारलाई जानकारी गराउने र परिवारको अवस्थाको विषयमा जानकारी लिने गरेका छन् । सञ्चारको पहुँच नहुदा एकडेढ महिनासम्म परिवारलाई आफ्नो अवस्थाको विषयमा जानकारी गराउन नपाएको तितो यर्थाथ रहेपनि अहिल सहज भएको पर्यटकको सहयोगी गणेश राई बताउनु हुन्छ ।

Recommended For You

2 Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.