सन्दीप आईपीएलको बलिङतर्फ शीर्ष स्थानमा

काठमाडौं, जेठ ५ – इन्डियन प्रिमियर लिग क्रिकेटको जारी संस्करणमा २ खेल मात्रै खेलेका नेपाली लेग स्पिनर सन्दीप लामिछानेले सनसनी मच्चाएका छन् । १२ औँ खेलमा रोयल च्यालेन्जर्स बेंग्लोरसँग सन्दीपलाई मौका दियो दिल्लीले । आफ्नो डेब्यू खेलमै सन्दीपले पार्थिव पटेलको विकेट लिए । उनले बेंग्लोरसँगको खेलमा ४ ओभर बलिङ गर्दै २५ रन दिए । पहिलो खेलमै थोरै रन दिएर एक विकेट लिएपछि विश्व प्रख्यात क्रिकेटरदेखि विश्लेषकसम्मले सन्दीपको प्रशंसा गरे । अझ शुक्रबार भएको चेन्नईविरुद्धको खेलमा विश्वकै उत्कृष्ट ब्याट्सम्यान सुरेश रैना सन्दीपको बलमै आउट भएपछि उनको चर्चा एकाएक चुलिन पुगेको छ ।

सुरेश रैनाले सन्दीपको पहिलो बल नै फेस गर्न सकेनन् । सन्दीपले गुगली बल फ्ँयाक्दै रैनालाई विजय शंकरबाट क्याच आउट गराउन सफल भए । चेन्नईसँगको खेलमा सन्दीपले ४ ओभरमा २१ रन दिएर एक विकेट लिए । उनले स्टाइलिस प्लेयर्स अफ् द म्याच समेत पाए । हिजोको खेलसँगै सन्दीप आईपीएलमै सबैभन्दा कम रन दिने खेलाडीको सूचीमा शीर्ष स्थानमा उक्लिएका छन् । उनले दुई खेलमा आठ ओभर बलिङ गर्दै ४६ रन दिएर २ विकेट लिएका छन् । उनको बलिङ औसत ५ दशमलब ७५ रहेको छ ।

Recommended For You

6 Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.