सन्दिप चम्किएको खेलमा दिल्लीको जित-सन्दीपको ३ विकेट

सन्दिप लामिछानेले तीन विकेट लिएको खेलमा मुम्बई इण्डियन्सलाई ११ रनले हराउँदै दिल्ली डेयरडेभिल्सले आईपीएलको सुखद अन्त्य गरेको छ । सन्दीपले पहिलो ओभरमै सुर्यकुमार यादवको विकेट लिएका थिए । आफ्नो दोश्रो ओभरमा उनले २ विकेट थपे । तेश्रो र चौथो ओभरमा भने उनले विकेट लिन सकेनन् । उनले ४ ओभरमा ३६ रन दिए ।
नेपाल युवा लेग स्पीनर सन्दीप लामिछाने र भेट्रान लेगस्पीनर अमित मिश्राले उत्कृष्ट बलिङ गरेपछि साविक विजेता मुम्बई इन्डियन्स आइपीएलको अन्तिम लिग खेलमा दिल्ली डेयरडेभिल्ससँग ११ रनले पराजित भएको हा । हारपछि साविक विजेता मुम्बई प्लेअफ पुग्न असफल भएको छ।
मुम्बई प्लेअफ होडबाट आउट भएपछि अब त्यसको फाइदा राजस्थानलाई पुगेको छ। राजस्थानको १४ खेलबाट १४ अक छ। मुम्बईले समान खेलबाट १२ अंक मात्र जोड्न सक्यो। यस्तै १३ खेलबाट १२ अंक रहेको पञ्जावले आजै चेन्नाईसँग खेल्दैछ र राम्रो रनरेटमा खेल जित्न सके पञ्जावले राजस्थानलाई पछि पार्नेछ।
१७५ रनको लक्ष्य पछ्याएको मुम्बई १९.३ मा १६३ रनमा अलआउट भयो। मुम्बईका जितबाट रोक्न मिश्रा र सन्दीपले ३-३ विकेट लिए। हर्शल पटेलले पनि ३ विकेट लिए। मुम्बईका लागि एभिन लेविसले ४८, बेन कटिङले ३७ तथा हार्दिक पाण्ड्याले २७ रन बनाए। १७ वर्षीय लेगस्पीनर सन्दीपले पहिलो ओभरमै सूर्यकुमार यादवको विकेट लिँदै सुखद सुरुवात गरेका थिए। त्यसपछि १०औँ ओभर बलिङ गरेका सन्दीपले एकै ओभरमा किरण पोलार्ड र क्रुनल पाण्ड्यालाई आउट गरे। मिश्राले ४ ओभरमा १९ रन खर्चेर ३ विकेट लिए।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमती लिनुहोला !!