दौडबाट जितेको पैसाले विहिनीहरु पढाउदै निरकला कुलुङ

महाकुलुङ ४ की निरकला कुलुङलाई घरको बाध्यताले धाविका बनायो । बाध्यताले धाविका बनेकी कुलुङको ७ वर्षे दौड यात्रामा थुपैं सफलता मिलकोले अहिले भने खुशी हुनुहुन्छ । घरकी जेठि त्यसमाथि पनि घरको आर्थिक अवस्था कमजोर भएकोले आफ्ना तीन जना बहिनीहरुलाई पढाउनुपर्ने जिम्मेवारी पनि कुलुङको काँधमा आईलागेको थियो । घरको आयस्रोत नभएकोले आफुले त्याग गरिबहिनीहरुको पढाईका लागि कमाउने सोचले होटलमा काम गर्न थाले । तर होटलमा कामको सम्मान नभएको तथा श्रम अनुसारको ज्याला नपाएपछि उनी दौडेर नै कमाउछु भन्दै दौडमा भाग लिन थालेको बताउनु भयो ।
होटलमा काम गर्दै गर्दा थुपै्र धावकसँग चिनजान भयो । त्यसपछि सबैले दौडन सुझाव दिए । त्यसपछि २०६९ सालबाट दौडमा सहभागिता जनाउन थालेका कुलुङले नेपालको विभिन्न स्थानमा भएको प्रतियोगितामा सफलता हात पर्नु भएको छ । कुलुङले दौडबाट कमाएको रकम तीनजना बहिनी पढाई खर्च र घर खर्चमा प्रयोग गरिने बताउनु भयो । कुलुङका अनुसार दुई जना बहिनीहरुले घरजम बसाएका छन् भने एक जना बहिनीले कक्षा ९ मा पढ्दै छिन्।
दौडबाट कमाएको पैसा भनेको जुवा खेल जस्तै हो तर अरु विकल्प नभएकोले भन्नहुहुने कुलुङले लामो तथा छोटो दौड प्रतियोगितामा २०६९ सालखेखि सहभागिता जनाउन थाल्नु भएको हो । दौडमा सधै जितिन्छ नै भन्ने छैन । तर दौडेर नै घरको समस्या टार्ने काम भईरहेको बताउनु भयो । पहिलो पटक २०६९ साल पुस १२ गतेका दिन हिमचुली युवा एकता क्लव बुङले आयोजना गरेको २३.९६ किमी दैड प्रतियोगितामा सहभागि हुदा तृतिय भएको थिए । उक्त प्रतियोगितामा नै स्थान पाउदा उत्शाहित भई थप हौसला मिलेको बताउनु भयो ।
त्यसपछि संसार कै उच्च स्थानमा जोखिमपूर्ण ४२ किलोमिटर एभरेष्ट म्याराथन प्रतियोगितामा सहभागिता जनाउदा सातौ स्थानमा चित्त बुझाउनु परेको थियो । त्यसपछि २०७१ साल माघ ११ गते भएको २५ फिफ लेक्स एडभेन्चर म्याराथनमा प्रथम स्थान हासिल गर्नु भएको बताउनु भयो । उक्त प्रतियोगितामा प्रथम भएपछि थप उर्जा मिलेकोले अरु प्रतियोगिातमा तथा राट्रिय स्तरको प्रतियोगिातमा सहभागितामा भाग लिन सकिन्छ भन्ने आँट तथा उर्जा मिलेको हो ।
त्यसपछि वाकु भिजन नेपालले आयोजना गरेको १५ किलोमिटर दौड प्रतियोगितामा दोस्रो स्थान हात पार्न सफल भएको छु । त्यसपछि एभरेष्ट म्यारथन २०१५ मा सहभागिता जनाउदा ४२ किलोमिटर दौेडमा तृतिय स्थान सफलता हात पारेको थिए । जिन्दगीको सबैभन्दा खुशी क्षण नै एभरेष्ट म्याराथनमा तृतिय हुदाको क्षण बताउनुहुन्छ ।
त्यसपछि पहिलो पटक दौडकै लागि काठ्मान्डौ छिरेको थिए । काठ्मान्डौमा लेस लेभालिर्यसले आयोजना गरेको प्रतियोगिातामा द्धितिय भएको थिए । साथै अल्ट्रा एभरेष्ट म्याराथुन २०१५ मा पनि द्धितिय भए । ५ हजार १४० मिटर अग्लो स्थान गोरक्सेपबाट सुरु भई नाम्चेमा सम्पन्न भएको दौडमा द्धितिय भएको हो । त्यसपछि नेपाल शेर्पा विद्यार्थी मञ्चले सल्लेरीमा आयोजना गरेको मिनि म्याराथनमा पनि द्धितिय स्थान हात पारे। विश्वको सर्वाेच्च शिखर सगरमाथा दिवशको अवशरमा आयोजना भएको ४२ किलोमिटर एभरेष्ट म्याराथन २०१६ मा द्धितिय भए।
त्यसपछि २०७३ बैसाख १५ गतेदेखि भएको १५ दिने महिला पुरुष अन्नपूर्ण मण्डला ट्रायलमा ७ किलो भारी सहितको दौड प्रतियोगिता भएको थियो । उक्त प्रतियोगितामा पुरुष प्रतियोगिहरुसँग प्रतिष्पर्धा गर्नु परेको थियो । उक्त प्रतियोगिता नवौ स्थानमा चित्त बुझाए । त्यसपछि २०७३ बैसाख मै भएको भएको ३ किलोमिटर काठ्मान्डौ भर्टिकल रेसमा पनि प्रथम हुनुभयो । त्यसपछि २०७३ साल साउनमा भएको ३२ किलोमिटर सिन्धुपाल्चोक अन्तराष्ट्रिय ट्रायल रेसमा पनि प्रथम नै हुनुभयो । साथै २०७३ सालमा वाकुमा भएको मिनि म्याराथन प्रतियोगितामा पनि प्रथम नै हुनुभएको हो । ६४ औ अन्तराष्ट्रिय सगरमाथा दिवशको अवशरमा गत २०७४ बैसाख १६ गते भएको ४२ किलो मिटर एभरेष्ट म्यारथन प्रतियोगितामा ४ घण्टा ५१ मिनेट ३३ सेकेण्डमा दुरी पार गर्दै प्रथम स्थान हासिल गर्नुभयो । ५ हजार ३ सय ६४ मिटर अग्लो स्थान सगरमाथा आधार शिविरबाट सुरु भई ३ हजार ४ सय ४० मिटर अग्लो स्थान नाम्चेमा सम्पन्न भएको उक्त प्रतियोगितामा प्रथम स्थान हासिल गर्नुभयो । ।
त्यस्तै एभरेष्ट अस्ट्रा म्याराथन २०१७ मा प्रथम, सिन्धुपाल्चोक पाचपोखरी म्यमथनमा प्रथम, भर्खरै सम्पन्न टान ईन्टरनेश्नल लाङटाङ म्याराथनमा प्रथम स्थान हासिल गर्नु भएको बताउनु भयो । सगरमाथा दिवशको अवशरमा आयोजना हुने ६५ औं म्याराथनमा सहभागीता जनाउन लाग्नु भएका कुलुङको ह्याटिक गर्ने लक्ष्य रहेको बताउनु भयो । आगमी जेठ १५ गते हुने एभरेष्ट म्याराथनमा सफलता मिलोस् शुभकामना ।
-विवश कुलुङ


भरियाबाट ‘अल्ट्रा धावक’ (जितको तालिका सहित)

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.