‘शत्रु गते’ सिनेमा युट्युबमा, निर्माण पक्ष अनबिज्ञ

महसञ्चारको ब्यानरमा निर्माण भएको सिनेमा ‘शत्रुगते’ले सफलतापूर्वक ५१ दिन मनाईसकेको छ । काठमाण्डौका विभिन्न ८ वटा हलमा ५१ दिन मनाएको यो सिनेमा अझैपनि केही हलमा प्रदर्शन भइंरहेको छ ।

हलमा प्रदर्शन भईरहको यस सिनेमाको २१ मिनेटको क्लिप युट्युबमा पाईरेसी भएको छ । झण्डै एक महिना अघि युट्युबमा सिनेमाको २१ मिनेट ७ सेकेण्डको क्लिप मोबाईलमा रेकर्ड गरेर आर के म्युजिक नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । तर सिनेमा पाईरेसी भएको एक महिना बितिसक्दा पनि निर्माण पक्षलाई यस बारेमा केही पनि थाहा छैन ।

यसबारेमा बुझ्दा निर्माता तथा कलाकार हरिवंश आचार्यले अनबिज्ञता प्रकट गर्दै टिममा कुरा राख्ने बताएका छन् । उता सिनेमाका निर्देशक प्रदीप भट्टराईले पनि आफूलाई यस बारेमा थाहा नभएको तर अब एक्शन लिने बताए ।
यस सिनेमामा मदन कृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, बसुन्धरा भुषाल, रमेश रन्जन झा, प्रियंका कार्की, पल शाह, आँचल शर्मा लगायतका कलाकारको अभिनय रहेको छ । सिनेमा चैत्र ९ गतेदेखि प्रदर्शनमा आएको हो ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.