टेलीफोन नचल्दा समस्या

निशा राई
सोलुखुम्बु, जेठ ८ । सोलुखुम्बुको सोताङमा रहेको नेपाल टेलीकमको टावर विग्रेको दुईहप्ता बढि भईसक्दा पनि मर्मत नहुदा सोताङ क्षेत्र सञ्चार विहिन बनेको छ ।
टावरमा खरावी आएको धेरैदिन भईसक्दा पनि टेलीकमले मर्मतका लागि चासो नदिदा समस्या भएको स्थाीयले बताएका छन् । मर्मतका लागि टेलीकमले चासो नगरेको उहाको भनाई छ । टावर विग्रेको दुई हप्ता भन्दा बढि भईसक्दा पनि मर्मत नहुदा सञ्चार विहिन हुनुपरेको हो ।
सोताङको टावरमा खराबी आएपछि ईन्टरनेट र ल्याण्डलाईन टेदीफोनमा समस्या भएको नेपाल टेलीकम सोताङका प्रमुख कुमार बस्नेतते बताउनुभयो । नेपाल टेलीकम सोताङका प्रमुख बस्नेतका अनुसार अप्टिकल मोडियममा खरावी देखिएकोले समस्या भएको हो । दक्ष प्राविधिक र मोडियम नभएकोले मर्मत हुन अझै समय लाग्ने भएको छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.