सोलुखुम्बुको विद्यालयको डिजाइन, अष्ट्रेलियामा उत्कृष्ट

कुम्भराज राई
सोलुखुम्बm जेठ ८ गते । सोलुखुम्बुको विभिन्न पाँच स्थानमा निर्माण गरिएको विद्यालय भवनको डिजाइनले अष्ट्रेलियामा अवार्ड जितेको छ । अष्ट्रेलियन हिमालयन फाउण्डेशन र इन्जिनियरहरुले अष्ट्रेलियामा उत्कृष्ट डिजाइनको अवार्ड प्राप्त गरेका हुन् ।
गत बिहिबार अष्ट्रेलियाको सिडनीस्थित ओपेरा हाउसमा आयोजित एक कार्यक्रममा उत्कृष्ट डिजाइन अवार्ड अष्ट्रेलियन हिमालयन फाउण्डेसनलाई प्रदान गरियो । ग्रामिण शिक्षा तथा वातावरण विकास केन्द्र (रीड नेपाल) ले २०७२ सालको भुकम्पले क्षति पु¥याएका पाँच विद्यालय भवन अष्ट्रेलियन हिमालयन फाउण्डेसनको सहयोगमा निर्माण गरेको थियो ।
गोल्ड विनर इन्जिनियरिङ, गोल्ड आर्किटेक्चरल र विनर सोसल इम्प्याक्ट गरी तीन अवार्ड प्रदान गरिएकोमा इन्जिनियर टेलर थोम्सन विटिङ , आर्किटेक्ट केन म्याकब्राइट, डेभिड फ्रान्सिस र डेभेनपोर्ट क्याम्पबेलले अवार्ड प्राप्त जिते । उनीहरुलाई नेपालमा २०७२ सालमा गएको भुकम्प पछि भुकम्प प्रतिरोधात्मक कक्षा कोठा निर्माणका लागि अष्ट्रेलियन हिमालयन फाउण्डेसनले नियुक्त गरेको थियो ।
निर्माण भएका विद्यालय मध्य गार्मा माध्यमिक विद्यालयमा निर्माण गरिएको भवन फरक क्षमता भएका बालबालिकालाई लक्षित गरी निर्माण गरिएको थियो । अष्ट्रेलियन इन्जिनियरहरुल राम्रो र सुरक्षित भवन हुदा बालबालिकालाई मानसिक तनाब र डरवाट उन्मुक्ति हुने बताए । अवार्ड वितरण समारोहमा इन्जिनियर डेभिड फ्रन्सिसले विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा स्थानीय अभिभावकसँग भवन निर्माणका क्रममा गरेको कार्य प्रेरणामुलक भएको बताएका थिए ।
गार्मा माध्यमिक विद्यालय गार्मा, वासा खाली मावि वासा, सिंहकाली आधारभूत विद्यालय तिङला, कालिका आधारभूत विद्यालय नेचा र जनजागृति आधारभूत विद्यालय सल्लेरी अष्ट्रेलियन हिमालयन फाउण्डेसनको सहयोगमा बनेको थियो ।

-तस्विरः मनोज कुमार श्रेष्ठ

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.