टंक राज कुलुङको ‘बाह्रमासे फूल’ बजारमा ( भिडियो सहित )

काठामाण्डौ । टकंराज कुलुङको ‘बाह्रमासे फूल’ गीतको म्यूजिक भिडियो सार्बजनिक भएको छ । यो गीतले बजारमा निकै राम्रो चर्चा पनि पाएको छ । करिब एक दर्जन भन्दा बढी म्यूजिक भिडियोमा अभिनय गरिएको मध्ये सबै भन्दा उत्कृष्ट यो बाह्र मासे फूल भएको कुलुङले दाबी गरे ।
तस्बिर एल्वमबाट साभार गीतको शब्द रचना दिलिप राईले गरेका छन् । डा. किराँतको संगीत रहेको गीतमा कन्सकाइट राई र दिपा लामाले संयुक्त स्वर लहरी भरेका छन् । सो गीतलाई बुद्ध स्याङबाले एरेन्ज गरेका छन् ।

गीतमा अर्चना काउचा मगर, टंकराज होङेलु कुलुङ,केट्रीन होङेलु तथा हित शंकर कुलुङ लगायको संयुक्त अभिनय रहेका छन् । गीतलाई गोविन्द राज भण्डारीले डाईरेक्शन गरेका छन् भने राजकुमार कुलुङ र गगाँ राम खालिङले छायाँङङ्कन गरेका छन् ।

ड्रेस अप नबिना कुलुङले गरेका छन् भने भिडियो शृङगार एलिसा मगरले गरेका छन् । यो भिडियोलाई म्यूजिक नेपालको यूटब च्यानलमा अपलोड गरिएको छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.