आरोहण सहयोगीको मृत्यू

सोलुखुम्बु, जेठ ८ गते । सगरमाथा आरोहण गरेर फर्कने क्रममा खर्पसमा लडेर एक जनाको मृत्यू भएको छ । सगरमाथा आरोहीका सहयोगीकाको दोमे सार्की शेर्पाको लडेर मृत्यू भएको प्रहरीले जनाएको छ ।
विश्वको सर्वाेच्च शिखर सगरमाथाको सफल आरोहण गराएरु आरोहीसँगै फर्कने क्रममा लडेर खुम्बु पासाङल्हमु १ बुप्साका दोमे सार्की शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रधुन्नकुमार अधिकारीले जानकारी दिनु भयो ।
प्रहरीका अनुसार सोमबार विहान आरोहण सकेर पारेर फर्कने क्रममा सोमबार अपरान्ह चिप्लेर घाईते भएका थिए । आईसफल डाक्टरहरुको सकृयतमा उद्धार गरि हेलीकोप्टर मार्फत नाम्चे ल्याएर उपचार पर्ने क्रममा राती मृत्यु भएको प्रहरीले जनाएको छ । योसँगै यस सिजनमा सगरमाथा आरोहणको क्रममा मृत्यु हुनेको संख्या ४ पुगेको छ ।


सगरथामाथा आरोहणका क्रममा दुई आरोहीको मृत्यु

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.