एकैपटक दुईवटी श्रीमती भित्र्याउँदैछन् रोनाल्डिन्हो !

१० जेठ, काठमाडौं । ब्राजिलियन स्टार फुटबलर रोनाल्डिन्होले एकैपटक दुईवटीसँग विवाह गर्ने भएका छन् । फुटबलर रोनाल्डिन्हो अहिले आफ्नो रियो दे जेनेरियोको ५ मिलियन डलरको भव्य बंगलामा आफ्ना भावी पत्नीहरु प्रिसिल्ला कोहेलो र बियट्रिज सुजासँग बस्दै आएका छन् । उनले दुवैसँग आँउदो अगस्टमा लगनगाँठो कस्ने योजना बनाएका छन् ।
ब्राजिलका मिडियाहरुका अनुसार रोनाल्डिन्होले एक पारिवारिक समारोहको बीचमा आफ्नै बंगलामा दुवै प्रेमिकासँग एकैपटक लगनगाँठो कस्नेछन् । बार्सिलोनाका पूर्वस्टारले सन् २०१६ देखि बियट्रिजलाई डेट गरेको बताइन्छ । तर, उनले पि्रसिल्लासँगको धेरै वर्ष अघिदेखिको प्रेमसम्बन्धलाई पनि निरन्तरता दिइरहेका थिए ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.