नेपाल कै सर्वाधिक राशीको भलिबल प्रतियोगितामा ११ टिम

सोलुखुम्बु, जेठ १० गते । नेपाल कै सर्वाधिक राशीको भलिबल प्रतियोगितामा ११ समुहको सहभागिता हुने भएको छ । सगरमाथा दिवशको अवशर पारेर शुक्रबारदेखि सुरु हुने प्रतियोगितामा सोलुखुम्बु, खोटाङ र ओखलढुङा गरि ११ टिमले प्रतिष्पर्धा गर्ने आयोजक संस्था नाम्चे युवा समुहले जनाएको छ । भोलीबाट सुरु हुने प्रतियोगिताको सबै तयारी पुरा भएको आयोजकले जनाएको छ ।
आन्तरिक पर्यटक प्रवद्र्धन गर्ने उद्देश्यले सगरमाथा दिवशको अवशर पारेर हुने प्रतियोपगतामा प्रथम, द्धितिय र तृतिय हुनेले पाँच लाख १०१ रुपैया, तीन लाख १०१ रुपैया र एक् लाख १०१ रुपैया हात पार्नेछन् । साथै उत्कृष्ट खेलाडीले ५० हजार १०१ रुपैया हात पार्नेछ ।
‘सगरमाथाको फेदीमा अनुपाम छ ठाउ, आन्तरिक पर्यटनको लागि लागि नाम्चे घुम्न जाउ’ भन्ने मुल नाराका साथ हुन लागेको भलिबल प्रतियोगिा सँगै साँगितिक साँझको समेत आयोजना गरिने आयोजकले जनाएको छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.