नाम्चे जाने आन्तरिक पर्यटकलाई छुट नै छुट

नाम्चे, जेठ १० गते । सगरमाथामा पाईला टेकेको अवशरमा सगरमाथा महोत्शव हुदैछ । एडमण्ड हिलारी र तेन्तिङ नोर्गे शेर्पाले सगरमाथामा पाईला टेकेको ६५ वर्ष पुरा भएको अवशरमा भोलीबाट हुने महोत्शवमा आन्तरिक पर्यटन प्रर्वद्धनका लागि नाम्चे युवा समुहले नाम्चे होटल व्यवशायी सँघको समन्वयमा आन्तरिक पर्यटकको लागि विशेष छुट योजना ल्याएको छ ।
नाम्चे युवा समुहका उपाध्यक्ष लमाकाजी शेर्पाका अनुसार खाना र बस्नको लागि छुटको व्यवस्था गरिएको हो । भोलीबाट ५ दिनसम्म सञ्चालन हुने महोत्शवमा खानामा प्रति छाक एक सय ५० रुपै छुटको व्यवस्था गरिएको उपाध्याक्ष शेर्पाले बताउनु बताउनु भयो । नाम्चेमा आन्तरिक पर्यटकको संख्या न्यून आगमन हुने गरेकोले वर्षेणी आन्तरिक पर्यटक प्रर्वद्धन गर्दै आएको नाम्चे युवा समुहले यस वर्ष पनि निरन्तरता दिएको बताउनु भयो ।
नाम्चे विकट तथा हिमाली जिल्ला भएपनि प्रति छाक ३ सय रुपैयामा नेपालीले खाना खान पाउने नाम्चे युवा समुहले जनाएको छ । अन्य समयमा प्रतिछाक ४ सय ५० का दरले खाना खादै आएका नेपालीहरुलाई छुटको व्यवस्था गरिएको आयोजकले जनाएको छ । ५ दिनसम्म सञ्चालन हुने कार्याक्रममा ५ हजार आन्तरिक पर्यटक भित्र्याउने लक्ष्याका साथ कार्यक्रमको भोली उद्घाटन हुदैछ ।
भोलीबाट सुरु हुने विभिन्न महोत्शवमा भलिबल, म्याराथन, साँगितिक साँझ, शेर्पा संस्कृति झल्कने नाच लागयतका विभिन्न कार्यक्रम हुने आयोजकले जनाएको छ । कार्यक्रमको उद्घाटन १ नम्बर प्रदेशमा मुख्यमन्त्री शेरधन राईले गर्ने कार्यक्रम छ ।

Recommended For You

1 Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.