एउटै गाउमा ७० वटा करोडपति कुकुर

नयाँ दिल्ली- कुकुर पनि करोडपति भएको सुन्दा अचम्म लाग्न सक्छ । हो भारतको गुजरातको मेहसाणा जिल्लाको पंचोत गाउमा एक ट्रष्टको रेखदेख गर्नका लागि ७० कुकुर राखिएको छ । यी सबै कुकर करोडपति रहेका छन् ।
टाइम्स अफ इन्डियाको खबरका अनुसार गाउमा कुकुरको कल्याणका लागि एक संस्था ‘मध नी पती कुतरिया’को स्थापना गरिएको छ । यो संस्थाको २१ बिघा जामिन छ । मेहसाणा बाइपास बन्ने भएपछि याहाँको जमिन कोमूल्य आकासिएको छ । जमिनको मूल्य प्रतिबिघा ३.५ करोड भारु पुगेको छ । यस अनुसार २१ बिघा जमिनको मूल्य ७० करोड भारु भन्दा बढी हुन आउछ । यो जमिनबाट हुन आउने आम्दानी सबै कुकुरकै लागि हो । यो अनुसार प्रत्येक कुकुर करोडका मालिक भएका छन् ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.