बैठकमै नबसी भत्ता खान्छन् सांसदहरु

काठमाडौं। सरकारद्धार प्रस्तुत नीति तथा कार्यक्रममाथि छलफल भइरहँदा अधिकांश सांसद बैठक भत्ताका लागि हाजिर गरेर बाहिरिने गरेका छन् ।

बिहीबारको संसद बैठकमा पनि यस्तै दृश्य देखियो । आजको नेपाल समाचारपत्रले पहिलो पृष्ठमा यो समाचार छापेको छ । हाजिर गर्नेको संख्या बढी भए पनि २ दिनको छलफलमा धेरै जसो कुर्सी खाली देखिन्थ्यो । ख्याल रहोस्, हाजिर भएपछि सांसदहरुले सांसद भत्ता र यातायात सुविधाबापत १ /१ हजार गरी दुई हजार रुपैयाँ पाउँछन् ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.