पुरै वडाका कृषक सामुहिक खेतिमा

जेठ ११ गते । सोलुखुम्बु महाकुलुङ ५ गुदेलका कृषकहरु सामुहिक कृषि खेतिमा लागेका छन् । व्यक्तिगत उत्पादन थोरै हुने र ठेकेदार थोरै उत्पादन लिन कृषकको घर घरमा नआउने भएपछि पुरै बडाका कृषकहरुले सामुहिक रुपमा नगदे वाली लगाएका छन् ।
महाकुलुङ ५ मा तीन वटा कृषि समुह छन् । ती कृषि समुह मार्फत सामुहिक खेति गरिएको सिलुचोङ कृषि समुहका अध्यक्ष रिता कुलुङले बताउनु भयो । तीन वठा कृषि समुहले तीनवटै बाली लगाएका छन् । सिलुचोङ कृषि समुहले खोसार्नी उत्पादन गरेको छ । समुहका अध्यक्ष कुलुङका अनुसार यस वर्षको आउदो सिजनमा २ टन जति उत्पादन हुने अनुमान गरिएको छ ।
त्यस्तै हरियाली कृषक समुहले लसुन उत्पादन गरिसकेको छ । हरियाली कृषक समुहका अध्यक्ष लक्ष्मण राईका अनुसार ४ टन जति लसुन उत्पादन भएको छ । जुन नगदेवालीको मुल्य र माग छ त्यसैको आधारमा उत्पादन गरिएको हरियली कृषि समुहका अध्यक्ष राईले बताउनु भयो । यता मेलमिलाप कृषि समुहले प्याज उतपदन सुरु गरे छ । कृषि समुहका अध्यक्ष सुरेन्द्र कुमार राइृका अनुसार १५ टन उत्पादन हुने अनुमान गरिएको छ ।
व्यक्तिगत रुपमा उत्पादन गर्दा थोरै हुदा बेच्न समस्या भएकोले सामुहिक रुपमा खेति गरिको कृषि समहुले जनाएको छ । नजिक बजार नभएको तथा थेरै उत्पादन लिन ठेकेदार आउन नमान्ने भएकोले गाउमा ठेकेरदार आएर सामान खरिद गर्नको लागि सामुहिक रुपमा लागेको मेलमिलाप कृषि समुहका अध्यक्ष सुरेन्द्र कुमार राईले बताउनु भयो ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.