पग्लिँदै हिउँ, रित्तिँदै हिमाल

कुम्भराज राई
ओखलढुंगा– सगरमाथा आधारशिविरमा बस्नेको कानमा रातभरि गड्याङगुडुङ आवाज गुन्जिने गर्छ । त्यो आवाज कुनै सजिव चिज नभएर ‘खुम्बु ग्लेसिएर’ (हिम खाडल) भत्किएको आवाज हो । सगरमाथाको फेदीमा रहेको खुम्बु आइसफल र नुप्त्सेको ह्याङगिङ आइसबाट भत्केर आउने हिउँका ठुलठुला पहाडहरु खुम्बु ग्लेसियरमा आएर ठोकिन्छन् ।
खुम्बु ग्लेसियर भत्किएर अहिले खोलाको रुप लिईसकेको छ । ‘ग्लेसियरको माथी जम्ने आईसहरु चारवर्ष अघि सम्म आरोहण सिजन सकिएर फर्किने बेला पग्लिन्थ्यो ।’ आधारशिविरमा वर्षेनी पुग्ने हिमालयन उद्दार संघका प्रबन्धक लाक्पानुर्बु शेर्पाले पुरानो अनुभव सुनाए, ‘केही वर्षदेखि आरोहण सिजन शुरु हुनु अगावै सबै हिउ“ पग्लिएर पानी बग्ने गरेको छ ।’
हिमालमा तापक्रम वृद्धि भएकै कारण खुम्बु ग्लेसियर वर्षेनी भत्किएको अनुमान छ । ग्लेसियर जति भत्किने गर्छ, त्यति आधारशिविर जोखिममा पर्ने गरेको छ । गोरक्सेपदेखि आधारशिविरको बिचको दुरी डरलाग्दो बनेको छ । तलतिर खाड्ल भत्किने र माथीबाट ढुंगा झर्ने समस्या छ ।
‘पहिले पहिले हामी आधारशिविरकै छेउछाउमा हुने हिउँका साना टाकुरामा चढेर आरोहण अभ्यास गथ्र्यौँ ।’ सगरमाथा आरोही पेम्बा शेर्पाले भने, ‘अहिले सिजनको बेला त्यस्तो टाकुरा भेट्नै मुस्किल छ ।’ ठूलठूला हिउँका डल्लाहरु हिमालबाट झरेर खुम्बु ग्लेसियरमा पसेपछि डरलाग्दो खाल्डो र खोला बन्न थालेको छ । तीनवर्षअघिको भुकम्पमा मृत्यु हुनेहरु टेन्टस“गै ग्लेसियरहरुमा खसेका थिए ।
आधारशिविरदेखि क्याम्प १ को बिचमा पर्ने ‘खुम्बु आईसफल’ पार गर्नका लागि आरोहीहरु प्राय बिहान चारबजेतिरै हि“ड्ने गर्छन् । दुईदशक अघि सम्म दिउँसै हिँड्न सकिने खुम्बु आईसफल अहिले बिहान हुने बित्तिकै पग्लिने र चिप्लिने डरले बिहानको चिसोमै पार गर्नुपर्ने बाध्यता छ ।
त्यतिमात्र होइन् तिब्बत र सोलुखुम्बुको सीमानामा पर्ने ‘नाङपाला’ नजिकै एक दशक अघि सम्म ग्लेसियर देखिन्थे । केहीवर्ष यता ती ग्लेसियरले हिमतालको रुप लिएको छ । ‘ग्लेसियर वर्कस्’ नामक संस्थाले खाडलबाट बनेको हिमतालको तस्बीर र भिडियो समेत सार्वजनिक गरिसकेको छ ।

उकालो सर्दै ‘हिमरेखा’

इसिमोडले सन् २००३ देखि २०१२ सम्म ‘हिन्दु कुश हिमालय’ क्षेत्र अन्तर्गत चीन, भारत, पाकिस्तान, नेपाल र भुटानको चार वटा आधारक्षेत्र (बेसिन) मानेर हिमरेखाबारे अध्ययन गरेको थियो । त्यसमा चीन र नेपालको हिमालीक्षेत्रलाई ‘गण्डकी–कोशी बेसिन’ मानेर अध्ययन गरिएको थियो । उक्त अध्ययनमा यसक्षेत्रको हिमरेखा जाडोमा ५ हजार मिटर सम्म झरेपनि गर्मीमा ६ हजार भन्दा तल नरहेको जनाइएको छ । जुन हिमरेखा विस्तारै उकालो सर्दै गएको हो ।
सगरमाथा फेद आसपास वा खुम्बुग्लेसियर छेउछाउमा वर्षेनी अध्ययन हुने गरेको छ । गएको ५० वर्षमा १ सय ८० मिटर (५ सय ९० फिट) ले हिमरेखा घटेको छ । मिलान विश्वविद्यालय इटलीका लागि पिएचडी गर्ने क्रममा सुदीप ठकुरीले गरेको अध्ययनलाई लिएर बेलायतको डेलीमेलले सन् २०१३ मा प्रकाशित गरेको लेखमा यो तथ्यांक उल्लेख छ ।
७ हजार ६ सय मिटर लामो खुम्बु ग्लेसियर पग्लियो भने कत्रो हिमताल बन्छ भनेर अनुमान गर्न समेत गाह्रो छ । पुराना तस्बीरहरुलाई हेर्दा हिमखाडलहरु गहिरिने क्रम निरन्तर चलिरहेको छ । कुनैदिन खुम्बु ग्लेसियर हिमतालको रुपमा परिणत नहोला भन्न सकिन्न ।
गोक्योमा होटल व्यवसाय गर्दै आएका पासाङ छिरिङ शेर्पाले आफैले सानोमा खेल्ने गरेको चौरहरु अहिले ग्लेसियर बनिसकेको बताए । ‘हेर्दाहेर्दै यति ठूलो ग्लेसियर बनिसक्यो कि हामीलाई समेत डर लाग्न थालिसक्यो ।’ उनले भने, ‘मेरै पुस्ताले सेताम्मे देखेका साना हिमालहरु अहिले ढुंगाको पहाडमा सिमित भईसकेका छन् ।’
खुम्जुङ गाउ“लाई काखैमा राखेर उभिएको ‘खुम्बिह्यूला’ मा अहिले हिउ“दमा समेत हिउ“ देख्न कठिन छ । स्थानीय बुढापाकाका अनुसार पचास वर्षअघि सम्म ‘खुम्बिह्यूला’मा सेताम्मे हिउ“ हुने गर्दथ्यो । हिउ“ शुद्ध पानीको स्रोत समेत हो । विज्ञहरुका अनुसार हिउ“ जति पग्लिने क्रम बढ्छ त्यति तापक्रममा घटबढ हुनेगर्छ । तापक्रममा हुने घटबढीकै कारण वर्षामा अनियमित हुनेगर्छ । हिमालदेखि पहाड हु“दै तराई सम्मको भिरालो भुभाग भएकोले नेपालमा बढी वर्षा भएर भुक्षय जाने वा खडेरी परेर पानीको काकाकुल हुने अवस्था बढ्दै गएको अनुमान गर्न सकिन्छ ।


जोखिम तराई सम्मै
हिउ“ पग्लिने क्रम बढेकै कारण हिमतालहरु जोखिममा छन् । च्छो रोल्पा र इम्जा त्यसैका उदाहरण हुन् । विस्तारै अन्य हिमतालहरुको जोखिम बढ्दै गएको छ । पर्यटन मन्त्रालयका अनुसार नेपालमा ६ हजार मिटर भन्दा माथी उचाईका १ हजार ३ सय १० भन्दा बढी हिमालहरु छन् । जुन नेपालको उत्तरतर्फ पूर्वदेखि पश्चिम सम्म फैलिएको छ ।
नेपालको चौडाई करिब २ सय किलोमिटरले मात्र फैलिएको छ । कुनैपनि हिमताल फुट्यो भने हिमतालबाट बगेर जाने नदी आसपासको बस्ती हिमालदेखि तराई सम्मै बगाउने जोखिम हुन्छ । हिमतालहरुमा पानी जमेर बसेको हुनाले पानीको मात्रा कति छ भनेर यकिन गर्न गाह्रो हुन्छ । हिमालमा हिउ“ पग्लिने समस्याले तराई सम्मको जनजीवनमा असर पार्ने डब्लुडब्लु एफ नेपालका वरिष्ठ निर्देशक सन्तोष नेपालले बताए ।
‘हाम्रो जमिन भिरालो छ । हिमताल फुट्यो भने त्यसले क्षति हिमालदेखि तराई सम्मै पु¥याउ“छ ।’ उनले भने, ‘त्यसैले सकेसम्म हामीले प्राकृतिक स्रोतहरुको संरक्षण गरि जलवायु अनुकूलनका लागि काम गर्नुको विकल्प छैन ।’ तुलनात्मक हिसाबले हिमाली क्षेत्रमा हिउ“ पर्ने क्रम घटेपछि आलु खेतीमा समेत असर पर्ने गरेको स्थानीयको भनाई छ । पर्यटनको दृष्टिकोणबाट हिमालहरुमा हिउ“ रित्ति“दै जाने हो पर्यटक घट्न सक्ने अनुमान गर्न सकिन्छ ।
विश्वमा बढ्दै गएको तापक्रमले सबैभन्दा पहिलो असर हिमाललाई पर्ने गरेको छ । हिमाललाई पर्ने असरले नेपाल जस्तो भूगोल भएको देशलाई ठूलो असर पर्ने विज्ञहरुको भनाई छ । विकसित देशको तुलनामा कार्बन उत्सर्जन कम गरेपनि जलवायु परिवर्तनको सबैभन्दा बढी मार नेपालले व्यहोर्नु परेको छ ।
पानी नपर्ने र हिउ“ मात्र पर्ने मनाङ, मुस्ताङ जस्ता ठाउ“मा पानी पर्न थाल्नु त्यसैको उदाहरण हुन् । सुख्खा र भिरालो जमिन भएका भुगोलहरुमा जति पानी पर्न थाल्छ भुक्षयको खतरा बढ्छ । जसले गर्दा बस्तीहरु विस्थापित भई बसाई जानुपर्ने बाध्यता छ । यसरी हिमालको हिउ“ पग्लिने क्रम जारी रहने हो भने अबको एक शताब्दि पछि हाम्रा हिमालहरु कालोपहाडको रुपमा मात्र परिणत नहोलान् भन्न सकिन्न ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.