आरोहीहरु सगरमाथा आरोहणको प्रमाण पत्र नै लिदैनन्

आफ्नो न्युज
सोलुखुम्बु, जेठ ११ गते । यस वर्षको सगरमाथा आरोहण सकिएको छ ।  सबै आरोहीले आरोहण सकेर फर्किन लागेको नेपाल सरकारका सगरमाथा आधार शिविर सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले बताउनु भयो ।
यस वर्ष ३ सय ४६ जनाले आरोहणको अनुमति लिएका छन् । त्यसमध्ये कतिले आरोहणमा सफलता हात पारे कति फर्के त्यसको तथ्याङ्क आउन भने केहि समय लाग्ने पर्यटन विभागले जनाएको छ । पर्यटन विभागका सुचना अधिकारी राम प्रसाद सापकोटाका अनुसार ट्रेकिङ एजेन्सी र आाधार शिविरका सम्पर्क अधिकृतको प्रतिवेदनको आउन बाँकी रहेकाले सफल आरोहण गर्नेको संख्या यकिन नभएको हो ।
आरोहीहरु सबै फर्कन थालेकोले सगरमाथा आधार शिविर पनि सुनसान हुन थालेको छ । सगरमाथा आधार शिविरमा अहिले सरसफाईको जिम्मा लिएका सगरमाथा प्रर्दुशन नियन्त्रण समितिका कामदार र सदस्याहरु मात्र आधार शिविरमा रहेका छन् ।

नाम्चे जाने आन्तरिक पर्यटकलाई छुट नै छुट

प्रमाण पत्र नै लिदैनन् आरोही
विभिन्न देशका आरोहीहरु विश्वको सबैभन्दा उच्च शिखर चढ्न लाखौ खर्च गरेर सगरमाथा चुम्छन् । नेपाल पर्यटन विभागका अनुसार वर्षेणी सयौले सगरमाथाको शिखर चुम्ने गरेका छन् । तर विदेशी आरोहीहरु प्रमाण पत्र नै नलिई जाने गरेको पाईएको छ ।
पर्यटन विभागका सुचना अधिकारी राम प्रसाद सापकोटा भन्नुहुन्छ ‘कुनै पनि काम गरेको प्रमाण तथा योग्यता भनेको आधिकारीक संस्थाले दिएको प्रमाण पत्र हो । तर आरोहीहरुले शिखर चुमे पनि प्रमाण पत्र नलिई आफ्नो देश फर्कछन् । सुचना अधिकारी सापकोटाका अनुसार करिव २५ प्रतिशत भन्दा बढि आरोही प्रमाण पत्र नलिई फर्किने गरेका हुन् ।
नेपाली आरोहीले अनिवार्य लिने गरेका छन् भने विदेशीहरुले मात्र प्रमाण पत्र नलिएका हुन् । सुचना अधिकारी थप्नुहुन्छ‘कोहीकोहीले दुईतिन वर्ष पछाडी फेरी नेपाल भ्रमणमा आउदा लिएका पनि छन् । नत्र धेरैको प्रमाण पत्र पर्यटन विभाग मै थन्किएको छ ।’ सगरमाथा आरोहण गरेको तथ्याङ्क प्रमाण पत्र वितराणको आधारमा नभई टे«किङ एजेन्सी र आधारशिविर सम्पर्क अधिकृतको प्रतिवेदनको आधारमा तयार पारिने गरेको बताउनु भयो ।
त्यस्तै यस वर्षको सगरमाथा आरोहणको क्रममा ४ जना सगरमाथा आरोही, एक जना लोत्से हिमाल आरोही र एक जना आमाडव्लम आरोही गरि आरोहणको क्रममा ६ जनाको मृत्यु भएको नेपाल सरकारका सगरमाथा आधारशिविर सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले बताउनु भयो ।

सगरमाथा आरोहणमा रेकर्ड नै रेकर्ड

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.