स्वेताश्री फाउन्डेसन मार्फत निर्माण भईरहेको एकीकृत नमुना माझी बस्ती निर्माण कार्य तिब्र

जेठ १२ । अभिनेत्री तथा निर्मात्री स्वेता खड्काको अगुवाईमा स्वेताश्री फाउन्डेसन मार्फत निर्माण भईरहेको ‘एकीकृत नमुना माझी बस्ती’ को निर्माण कार्य तिब्र गतिले अघि बढिरहेको छ । स्वेताले सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती नदी किनारका ५६ माझी परिवारका लागि एकीकृत बस्ती बनाएकी हुन् ।

यसै साता मात्रै स्वेता उक्त बस्ती अवलोकनका लागि सिन्धुपाल्चोक पुगेकी थिइन् । माझी बस्ती अवलोकन पछि उनले केही तस्बिरहरु सेयर गर्दै सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘सोमबार माझी टोलको स्थलगत भ्रमण गर्दा एकिकृत बस्ती निर्माण को काम देख्दा निक्कै आनन्दको अनुभुती भयो । दुरुस्त आए भने झै बस्ती निर्माणको काम विबिध कारणले ढिला भएता पनि काम निक्कै राम्रो भएको देखे । हतारको काम लतार हुन्छु भन्ने सुनेकी थिएँ, त्यही भएर नै हामीले बस्ती निर्माणको काम चाँडो सकाएर समुदायवासीको हातमा साँचो हस्तान्तरण गर्न हतारिनु भन्दा पनि कामको दिगोपना,गुणस्तरीयता र बस्तिको सुन्दरतामा ध्यान दिएका छौ । बस्ती निर्माणका लागि कुनै संस्था बिशेषले अगुवाई गर्नु भन्दा पनि समुदायवासीकै अगुवाईलाई महत्व दिएका छौ ।

यो केवल एउटा बस्ती मात्रा होइन जिल्लाकै ु नमुना बस्तीु बनाउने हाम्रो सोच अनुरुप समुदायवासीसंगको हात्तेमालोमा संचालित निर्माणको यो काममा केवल दोश मात्र देखाउने र आफ्नो कर्तब्य र जिम्मेवारीबाट विमुख बनेर नकारात्मक प्रचार प्रसार गर्नेहरुको सानो जमातलाई अहिले सहयोगी मनहरुको ठुलो भिडले एउटा राम्रो पाठ सिकाईरहेको छ । यो बस्ती निर्माणमा यत्तिखेर धेरै निजी क्षेत्र, सामाजिक संघसंस्था र समाजसेवी ब्यक्तित्वहरु जोडीन आउने क्रम जारी छ ।
म मेरो हृदय देखिनै मेरा सहयोगिहरुलाई हार्दिक स्वागत र अनगिन्ती धन्यवाद दिन चाहन्छु । आउनुस्, एउटा सफा, सुन्दर, शभ्य र सम्रिद्द बस्ती बनाउने यो अभियानमा सरिक होऔ ।’
-गफगााफ डटकम

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.