ऋचा शर्माको अवतार भुत

अभिनेत्री ऋचा शर्माको मुख्य भूमिका रहेको सिनेमा ‘सुनकेशरी’ यो शुक्रबार देखि प्रदर्शनमा आएको छ । अस्ट्रेलियामा छायाकंन गरिएको यो सिनेमाले सिड्नीस्थित एउटा पुरानो दरबारमा भुत रहेको विषयलाई समेटेको छ । यो सिनेमाको कथा अनुरुप नै सिनेमामा ऋचाको भूत रुप दर्शकले देख्न पाउनेछन् ।

मेकअप म्यान कनिज हसिनाले ऋचालाई भुतवाला रुप दिएका हुन् । ऋचालाई कनिजले यो लुक्समा तयार गर्न निकै नै मेहनत गरे । ऋचाले यो रुपका लागि कुनै माक्स लगाउनु परेन । उनी मेकअपले नै यो डरलाग्दो भूमिकाका लागि तयार भएकी हुन् ।
अर्पण थापाको निर्देशनमा तयार भएको यस सिनेमामा ऋचाको रुप डरलाग्दो भएपनि तारिफ योग्य भने छ । तर सिनेमामा उनको रुपमा साच्चिकै तारिफ योग्य छ कि छैन ? उनको यो रुपले दर्शकलाई हलसम्म तान्छ कि तान्दैन ? त्यो भने सिनेमाको कारोबार र हलमा उपस्थित दर्शकको चापले नै थाहा हुनेछ ।

पछिल्लो समय अभिनयसँगै सिनेमा निर्माणमा पनि सक्रिय रहेकी ऋचाले यस अघि निर्देशक अर्पण थापासँग मिलेर सिनेमा ‘आधा लभ’ निर्माण गरेकी थिईन् । तर यो सिनेमा भने व्यनवसायिक हिसाबले भने सफल हुन सकेन । पहिलो सिनेमाको कारोबार हेर्ने हो भने ऋचाको दोस्रो सिनेमा सफल हुनपर्ने देखिन्छ ।
‘सुनकेशरी’लाई ऋचाले भिम न्यौपानेसँगको सहकार्यमा निर्माण गरेकी हुन् ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.