सञ्चारकर्माी शिखर गजरकोटेको ‘चुल्ठो’ सार्वजनिक(भिडियो सहित)

सोलुखुम्बु । गीतकार शिखर गजरकोटेले पुर्वेली लोक गीत ‘चुल्ठो’ सार्वजनिक गरेका छन् । गीतमा गजरकोटेको शब्द, प्रियजन राईको भाका रहेको छ भने दृष्ट्रिविहिन गायक तथा संगीतकार कृष्णभक्त राईको स्वर रहेको छ ।
आरुषी मगर र शिखर गजरकोटेको अभिनय रहेको गीतको भिडियोमा प्रियजन राईको निर्देशन रहेको छ । जनकराज अधिकारीले क्यामरा चलाएका छन् ।

को हुन् गजरकोटे ?
पश्चिम तनहूँको गजरकोटमा जन्मेका उनले सोलुखुम्बुलाई कर्मथलो बनाउदै आएका छन् । दुई दर्जन बढि सृजना गरिसकेका गजरकोटेले पत्रकारिता समेत गर्छन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल सोलुखुम्बुका अध्यक्ष समेत रहेका उनी नेपाल पत्रकार महासंघ सोलुखुम्बुका सचिब पनि हुन् ।
उनको सृजनामा पानी मिठो यारीखोलाको, पुर्वेली कान्छी, छाता थेन, तनहूँ गजरकोट, बादलु डम्मै, चरी भए देखि, बार लाउ है मायाले लगायतका दर्जनौ गीत स्रोत दर्शकले मन पराएका छन् । उनी सगरमाथाको फेदीमा बसेर सृजना गर्छन् ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.