सगरमाथा आरोहणमा रेकर्डको लागि होडबाजी

जेठ १२ गते । आगामी मंगलबारको दिन सगरमाथा आरोहणको ६५ वर्ष पुरा हुदैछ । पहिलो पटक सन् १९५३ मे २९ का दिन एडमण्ड हिलारी र तेन्जिङनोर्गे शेर्पाले पहिलो पाइला सगरमाथा शिखरमा राखेका थिए । सगरमाथा आरोहणको ६५ वर्षको अवधीमा थुप्रै ईतिहास बनेका छन् । ईतिहास कोर्ने कामले यस वर्ष पनि निरन्तरता पाएको छ ।
सगरमाथामा हालसम्म आठ हजार भन्दा बढीले पाईला टेकिसकेका छन् । सयौंले ज्यान गुमाएका छन् । यसवर्ष पनि ४ जना आरोहीको ज्यान गएको छ । युद्धमा गए जत्तिकै जोखिम मानिने सगरमाथा आरोहण गर्ने आकर्षण भने झनै बढ्दो छ । यस वर्ष पनि चासो तथा चर्चाका साथ हेरीएको आरोहणमा केहि न केहि नया ईतिहास बनेको छ ।
कामिरिता बाईसौं पटक शिखरमा


कामिरिता शेर्पाले २२ औं पटक सगरमाथा शिखरमा पाइला राखेका छन् । उनले जेठ २ गते बुधबार बिहान ८ बजेर ३० मिनेटमा आरोहण गरेस“गै विश्व किर्तिमानीको बाटो खुलेको छ । यसअघि २१ पटक सगरमाथा शिखरमा पुगेर आप्पा शेर्पाले विश्व किर्र्तिमानी राखेका थिए ।
उनले आरोहणमा जानु अघि आफूले आप्पाको किर्तिमानी तोड्नका लागि नभई काम र बाध्यताले जान लागेको बताएका थिए । पासाङल्हामु गाउ“पालिका– ५, थामे सोलुखुम्बुका ४८ वर्षिय कामिरिता अब संसारको अग्लो शिखरमा सबैभन्दा बढी पाईला राख्ने आरोही बनेका छन् ।
उनलाई सामाजिक सञ्जालमा देशविदेश देखि शुभकामनाको ओइरो लागेको छ । कामिरिताले सगरमाथा चढ्न थालेको सन् १९९२ देखि हो । उनले पहिलो सफल आरोहण १९९४ मे १३ तारिखका दिन गरेका थिए । चारवर्ष उनले ‘रोप फिक्सिङ’ (क्याम्प २ देखि शिखरसम्म डोरी टा“ग्ने) टोलीको नेतृत्व गरे । उनले एकै साल दुईपटक सम्म आरोहण पनि गरे ।
सन् २०१२ मा रोप फिक्सिङ गरेर फर्किएपछि चौथो शिविर बाट विदेशी टोलीलाई चुचुरोमा पु¥याए । तर उनले त्यसवर्ष दुईपटक आरोहण गरेको प्रमाणपत्र पाएनन् । उनले ८ हजार मिटरको ५ वटा हिमाल चढिसकेका छन् । संसारकै जोखिमपूर्ण भनिएको पाकिस्तानको माउन्ट केटु सन् २०१४ मा आरोहण गरे । त्यसैगरि ल्होत्से, चोयु र मनास्लु चढिसकेका छन् ।
आप्पा पछि खुम्जुङका फुर्वाटासी शेर्पाले २१ पटक नै सगरमाथा चढेका थिए । आप्पाले सन् २०११ बाटै आरोहण छोडे । फुर्वाले सन् २०१३ बाट छोडे । त्यसपछि निरन्तर बढी पटक आरोहण गर्ने कामिरिता एक्ला आरोही हुन् ।
दोर्जी ग्याल्जेन शेर्पाले १५ औ पटक सगरमाथा शिर चुमे
आरोही दोर्जी ग्याल्जेन शेर्पाले १५ औ पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएको छ । मे १७ को दिन शेर्पाले सगरमाथाको सफल आरोहण गर्नुभएको सगरमाथा जेभिएचजी एभरेष्ट ट्रेकिङ कम्पनीका म्यानेजर भिम विश्वकर्माले जानकारी दिनुभयो ।
सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका ४ निवासी शेर्पाले आफ्नो सगरमाथा शिदर चुम्ने यात्रा यस वर्ष उउटा ईटा थपेर १५ औं पटक पु¥याउनु भएको हो ।
चौध औं पटक शिखरमा ल्हाक्पा गेल्बु
ल्हाक्पा गेल्बु शेर्पाले पनि १४ आंै पटक सगरमाथाको शिखर चुम्नु भएको छ । दुधकुण्ड नगारपालिका २ तुम्बुकका आरोही शेर्पाले उत्तरी मोहडाबाट आरोहण सफल गरेको आरोही शेर्पाले बताउनु भयो । गत मे १५ तारिखको दिन सफता हात पारेको बताउनु भयो । सगरमाथा आरोहण गर्नु आफ्नो पेशा भएकोले आफ्नो ज्यानले सकिन्जेल आरोहणलाई निरन्तरता दिईरहने बताउनु भयो ।
स्काउटर अनिश दोश्रो पटक


नेपाल स्काउटको तर्फबाट पहिलो सगरमाथा आरोही अनिश लुईटेलले दोश्रो पटक सगरमाथा शिखरमा पाइला राखेका छन् । मेचीनगर ४, झापाका २६ वर्षिय लुईटेलले यसपटक तिब्बती मोहडाबाट आरोहण गरेका हुन् । उनले अमेरिकामा हुन लागेको २४ औं वल्र्ड स्काउट जेम्बोरीको झण्डा शिखरमा फहराएका छन् ।
दुईवर्ष अघि नेपालको संविधान २०७४ लाई सगरमाथा शिखरमा पु¥याएर लुईटेल चर्चित भएका थिए । उनलाई यसवर्ष आरोहणकै क्रममा रह“दा बेलायती साहसिक अन्वेषक बियर ग्रिल्सले शुभकामना सन्देश पठाएर चर्चा कमाएका थिए ।
डिस्कभरी च्यानलमा ‘म्यान भर्सेज वाइल्ड’ टिभि शोका प्रस्तोता समेत रहेका बियर ग्रिल्सले म्यासेन्जर मार्फत भिडियो सहित शुभकामना सन्देश पठाएका थिए । संसारकै प्रसिद्ध मानिने साहसिक अन्वेषकले पठाएको सन्देशले थप सहास प्रदान गरेको लुईटेलले बताएका थिए ।समानताको नारा बोक्दै शिखरमा दिकि
‘लैंगिक समानताको लागि सकारात्मक सोच, सर्वोच्च शिखरबाट समावेशी समाजको उद्घोष’ भन्ने नारा सहित आरोहणका लागि गएकी २५ वर्षिया ओखलढुंगा पात्लेकी दिकि शेर्पाले आरोहण गरेकी छन् । महिलालाई दोश्रो दर्जाको रुपमा हेरिने दृष्टिकोणलाई बदल्ने सन्देश दिनका लागि उनी अभियान स्वरुप सगरमाथा आरोहणमा गएकी थिइन् ।
‘पुरुषप्रधान सोचलाई परिवर्तन गर्दै महिला शसक्तिकरण अभियानको साथ सगरमाथा आरोहणका लागि गएकी थिए“ ।’ आरोहण पश्चात दिकिले भनिन्, ‘अब एउटा सगरमाथा आरोही महिला भएको नाताले मैले यही अभियानलाई निरन्तरता दिनेछु । न कि यो नारामै सिमित नहोस् भन्ने मेरो अपेक्षा छ ।’
भेषभुषा सहित तीन पटक सगरमाथामा
जेभिएचजी एभरेष्ट ट्रेकिङ कम्पनीमार्फत फुतेम्बा भोटेले भेषभुषाको पहिचान सहित तीन पटक सगरमाथा आरोहण गर्नुभएको छ । सगरमाथा चड्नका लागि आधुनिक र महँगा भेषभुषाको प्रयोग हुने गरेको छ । तर आफ्नो जातिय भेषभुषालाई विश्व सामु चिनाउनको लागि आफ्नै भेष लागाएर तेस्रो पटक सगरमाथको शिखर चुमेको आरोही भोटेले बताउनु भयो ।

सबैभन्दा धेरै नेपाली आरोही
पर्यटन विभागका अनुसार यस वर्ष २० जना नेपाली आरोहीले सगरमाथाको शिखर चुम्न अनुमित लिएरका थिए । अनुमति लिएका सबैले सफलता पनि आत पारेका छन् । नेपाली आरोही मध्ये पनि महिलाको संख्या ७५ प्रतिशत अथवा १५ जना थिए । एक सिजनमा २० जना आरोहीले सगरमाथा चुमेको अहिलेसम्म कै धेरै रहेको पर्यटन विभागले जनाएको छ ।
त्यस्तै ४३ वर्षअघि सगरमाथा आरोहणकै प्रयास गर्दा दुवै खुट्टा गुमाएका चिनिया आरोही सिया बोयुले पनि आफ्नो व्यक्तिगत नाममा नया किर्तीमान थप्नु भएको छ । अस्ट्रेलियाली आरोही स्टिभ प्लेनले १ सय १७ दिनभित्र सातवटा महाद्विपका अग्ला हिमाल आरोहण गरेका छन् । यसवर्ष सगरमाथा आरोहणका लागि ३८ समूहको ३ सय ४६ आरोहीले अनुमति लिएका थिए ।
–विवश कुलुङ÷कुम्भराज राई

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.