आईपिएलको फाइनल खेल आज

जेठ १३ गते/काठमाडौं ,इण्डियन प्रियिमर लिग (आईपीएल) क्रिकेटको उपाधिका लागि आज सनराइजर्स हैदरावाद र चेन्नई सुपरकिंग्सबीच भीड्ने छन्।उपाधी भिडन्त मुम्बइको वाङखाडे रंगशालामा हुने छ । आजको खेल निकै रोमाञ्चक हुने अपेक्षा छ ।

पाँच दिन अघि पहिलो क्वालिफायरमा यहि स्टेडियममा यी दुवै टिमविच खेल भएको थियो । जसमा चेन्नइ दुई विकेटले विजयी भएको थियो । अंक तालिकामा शीर्ष स्थानमा रहेका दुवै टीम ट्रफीका लागि नेपाली समय अनुसार ७ः१५ मा मैदान उत्रिने छन् ।

चेन्नइसँग कप्तान धोनीसहित धेरै खेलाडी ३० वर्ष माथिका छन् ।अनुभवी खेलाडी भएकाले धेरै क्रिकेटप्रेमीले यो संस्करणको उपाधी चेन्नइले नै जित्ने आंकलन गरेका छन् । तर, हैदराबादले यो पटक उत्कृष्ट प्रदर्शन गर्दै फाइनल प्रवेश गरेकाले चेन्नइलाई उपाधी जित्न त्यति सजिलो छैन ।

हैदराबादसँग अपेक्षाकृत युवा खेलाडी छन्, र उनीहरुले यो वर्ष उत्कृष्ट प्रदर्शन गरेका छन् ।हैदरावदालाई हराउँदै चेन्नई यस अघि नै फाइनलमा प्रवेश गरेको हो भने शुक्रबार राति भएको दोस्रो क्वालिफायरमा कोलकाता नाइटराइडर्सलाई १३ रनले पाखा लगाउदै हैदरावाद फाइनलमा प्रवेश गरेको हो ।

राशिद खानको उत्कृष्ट प्रदर्शनमा साइराइजर्स हैदरावाद आईपीएल क्रिकेटको फाइनल प्रवेश गरेको हो ।यसअघि पहिलो क्वालिफायरमा पनि हैदरावाद र चेन्नईबीच खेल भएको थियो ।खेलमा चेन्नई विजयी हुँदै फाइनल पुग्दा हैदरावाद दोस्रो क्वालिफायरमा धकेलिएको थियो ।

समूह चरणमा खेलिएका दुवै खेलमा पनि चेन्नईले हैदरावादलाई हराएको थियो ।शुक्रबार हैदरावादले दिएको १ सय ७५ रनको लक्ष्य पछ्याएको कोलकाताले २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ६१ रन मात्र जोड्न सक्यो ।

उसका लागि क्रिस लिनले सर्वाधिक ४५ रन जोडे । दोस्रो विकेट गुमाउँदा ८७ रन जोडेको कोलकाताले मिडल ओभरमा राम्रो ब्याटिङ गर्न सकेन ।कोलकताको इनिङ कमजोर पार्न हैदरावादका रसिद खानले ३ विकेट लिए ।

उनले ४ ओरभमा १९ रन मात्र खर्चे । यस्तै कोर्लोस बाथवेट र सिद्धान्त कौलले २–२ विकेट हात पारे ।त्यसअघि पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७४ रन जोड्यो ।

उसका लागि ऋद्धिमान साहले ३५ रन र शिखर धनवले ३४ रन जोडे।मध्यक्रमका ब्याट्सम्यानले उल्लेख्य ब्याट्सम्यानले उल्लेख्य रन जोडन नसकेपनि रसिद खानले १० बलमा नटआउट ३४ रन जोडे। उनी नै खेलको म्यान अफ द म्याच भए ।बलिङमा कोलकाता कुलदीप यादवले २ विकेट लिए

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.