सगरमाथाको जिल्लामा फिल्म ‘यात्रा’को सुटिङ

सल्लेरी, जेठ १४ गते । सोलुखुम्बुका वार्षिक ५० हजारका हाराहारीमा विदेशी आउदा नेपाली दुई हजार नआउनु र वर्षमा दर्जनौ फिल्म भन्दा नेपाली एउटा नबन्नुले सोलुखुम्बु आन्तरिक पर्यटकको आगमन न्यून भन्ने देखाउछ । तिनवर्षको अवधीमा सोलुखुम्बुमा ३६ वटा विदेशी फिल्म छायाङ्कन हुदा बल्ल बल्ला एउटा नेपाली फिल्म छायाङ्कन सुरु भएको छ । अहिले छायाङ्कन सरु भएको ‘यात्रा’नेपाली चलचित्र सोलुखुम्बुमा छायाङकन भएको दोस्रो चलचित्र हो । आठ वर्ष अघि‘भ.लभ इन चाईना बोर्डर’ छायाङ्कन भएको थियो ।
केशव भट्टराईको निर्माण तथा सम्राट शाक्यको निर्देशनमा चलचित्र ‘यात्रा’ सोलुखुम्बुको विभिन्न स्थानमा छाँयाङ्कन भईरहेको छ । गत वैशाख २५ बाट सुरु भएको चलचित्र सोलुखुम्बुका विभिन्न स्थानमा छाँयाङकनका लागि व्यस्त देखिएको छ । आईतबार पत्ताले क्षेत्रमा छाँयाङकन गरेको फिल्मको विभिन्न दृष्य सोमबार सल्लेरी र फाप्लु आसपासमा भईरहेको निर्माता केशव भट्टराईले जानकारी दिनुभयो ।
फिल्ममा सलिनमान बानियाँ, सलोन बस्नेत, जान्हवी बस्नेत, जयनन्द लामा, धिरेन शाक्य, राजाराम पौडेल, देशभक्त खनाल, कमल मैनाली, सौगात शर्मा विशाल कटवाल, रेअर राई, प्रेक्षा वज्राचार्य, समृद्धि राई, योगेशजंग कुँवर, विशाल पहाडी लगायतले अभिनय गर्दै छन् । फिल्ममा मल्लिका महतले डेब्यु गर्दै छिन् भने चिनियाँ कलाकार काजुन झाङ र केन्याका बबीले पनि अभिनय गर्नेछन् ।
कोटकी कालिका देवी फिल्मस् प्रालिको ब्यानरमा निर्माण हुने प्रेमकथाको फिल्ममा केशवसँगै मुक्ति तिम्सिना, शुशिल पोखरेल र धर्मराज अधिकारी निर्माता रहेका छन् । डेब्यु निर्देशक सम्राटकै कथा रहेको फिल्ममा शम्भुजित बास्कोटा, प्रतिक पौडेल र कोविद बज्रको संगीत, कविराज गहतराज र प्रविन सिंहको कोरोयोग्राफी, हिमाल केसीको द्वन्द्व र बनिश शाहको सम्पादन रहनेछ ।
फिल्मको अधिकांश दृष्य सोलुखुम्बुमा खिचिनेछ । फिल्ममा समाबेश एक गीतको छायाँकन काठमाण्डौ–सोलुखुम्बु बीचको विभिन्न स्थानमा गरेको निर्माण टिमले एउटा लोक गीतको छायाँकन सल्लेरी हाटबजारमा गर्ने तयारी गरेका छन् ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.