‘क्याप्टेन’मा व्यस्त अनमोल मिलन चाम्सको फिल्ममा पनि

काठमाडौं । नेपाली फिल्म उद्योगमा अभिनेता अनमोल केसीको आफ्नो बेग्लै पहिचान छ । अभिनेता केसीले होस्टेल फिल्मबाट आफ्नो फिल्मी करियर सुरु गरेका थिए । उनले लगातार फिल्म होस्टेलपछि जेरी, गाजलु, कृ मा काम गरे । उनले युवास्टारको ट्यागसमेत पाईसकेका छन् । अहिले उनी फिल्म क्याप्टेनमा व्यस्त छन् ।
यसका साथै उनी अभिनेत्री झरना थापाको आगामी फिल्म ‘ए मेरो हजुर ३’ मा अनुबन्धित भएका छन् । त्यस्तै उनले सफल फिल्मकर्मी मिलन चाम्सको नयाँ फिल्ममा पनि साइन् गरेका छन् ।

अहिले उनी आफ्नो छैठौं फिल्म ‘क्याप्टेन’ मा व्यस्त छन् । ‘क्याप्टेन’ को सुटिङका लागि उनी मुस्ताङ जाने भएकाले रातारात मिलन चाम्सको नयाँ फिल्ममा पनि साइन गरेका हुन् ।

अनमोलले मिलन चाम्सको नयाँ फिल्मको लागि ४० लाख पारिश्रमिक बुझेको समाचार आएको छ । झरना थापाको आगामी फिल्म ‘ए मेरो हजुर ३’ रिलिजमा आएको ठिक ६ महिनापछि मात्र मिलन चाम्सको फिल्म रिलिजमा आउने बताईएको छ । अनमोलको मुख्य भुमिका रहने यो फिल्मलाई मिलन चाम्स आफैले निर्देशन गर्दैछन् ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.