एभरेष्ट म्याराथनमा १ सय ७७ जना सहभागि

नाम्चे, जेठ १४ गते । विश्वको सबैभन्दा उच्च स्थानमा आयोजना हुने एभरेष्ट म्याराथनको सबै तयारी पुरा भएको छ । भोली सगरमाथाको आधारशिविर बाट सुरु भई नाम्चेमा सम्पन्न हुने म्याराथनमा नेपाली र विदेशी गरि सयौको सहभागिता रहेको आयोजकले जनाएको छ ।
६५ औं सगरमाथा दिवशको अवशरमा फरक फरक ३ वटा ईभेन्टमा हुने प्रतियोगितामा १७७ जनाको सहभागिता रहेको छ । हाफ म्याराथनमा विदेशीले मात्र सहभागि हुन पाउने भएकोले विदेशी मात्र छन् भने ६० किलोमिटर अल्ट्रा म्याराथन र ४२ किलोमिटर म्याथनमा मिश्रीत रहेको आयोजक हिमालय एक्पिडिशनका म्याराथन व्यवस्थापक शेखर पाण्डेले बताउनु भयो ।
आयोजकका अनुसार ६० किलोमिटर अल्ट्रा म्याथनमा १५ पुरुष र ३ महिला गरि १८ जनाको सहभागिता रहेको छ । त्यस्तै ४२ किलोमिटर म्याराथनमा ९३ जना पुरुष र ५५ जना महिला गरि १ सय ४८ जनाको सहभागिता रहेको छ । साथै २१ किलोमिटर हाफ म्याथनमा ६ पुरुष ५ महिलाले सअभागिता जनाउने हिमालय एक्पिडिशनका प्रतिनिधी तथा धावक बैकुण्ठ मानन्धरले बताउनु भयो ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.