११ औँ बर्षमा गणतन्त्र : पात्र फेरिए, प्रवृत्ति उही

काठमाडाैँ। जनताको प्रतिनिधिमुलक संस्था संविधानसभाले २०६५ जेठ १५ गते दुई सय ४० बर्ष लामो राजतन्त्र सधैँका लागि विदा गर्यो । देशमा गणतन्त्र आयो । बंशजका आधारमा मुलुकमा शासन गर्ने परम्पराकाे अन्त्य भयो ।

शासन मात्र होइन, शासक पनि फेरिए । मुलुकको शासन व्यवस्थाको सर्वोच्च पदमा जनताका छोराछोरी पुगे ।

परम्परागत शक्ति सधैँका लागि विदा भएसँगै आमनागरिकको अपेक्षा थियो अव शासक र जनताबीचको दुरी अन्त्य हुनेछ । दलहरुको कार्यशैली फेरिनेछ ।उनीहरु जनमुखी काममा लाग्नेछन् । अनि मुलुक आर्थिक विकास र समृद्धिको बाटोमा अघि बढ्नेछ ।

तर मुलुक गणतन्त्र स्थापनाको ११ बर्षमा प्रवेश गरिरहँदा आमनागरिकका आशा र अपेक्षा निराशामा परिणत हुन थालेका छन् ।, आजको नागरिक दैनिकको पहिलो पृठमा यो समाचार छापिएको छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.