नेपाल कै सर्वाधिक राशीको भलिवल प्रतियोगिता सम्पन्न

नाम्चे, जेठ १५ गते । नेपाल कै सर्वाधिक राशीको भलिबल प्रतियोगिताको उपाधी सगरमाथा समाज सेवा टिम‘ए’ले जितेको छ । नाम्चे युवा समुहको आयोजनामा समुन्द्र सतहदेखि ३ हजार ४ सय मिटर अग्लो स्थानमा भएको प्रतियोगितामा खुम्जुङ युवा क्लव खुम्जुङलाई पाखा लगाउदै उपाधी हात पारेको हो । सगरमाथा दिवशको अवशरमा गत जेठ ११ गतेखि भएको खेलमा खुम्जुङ युवा क्लव द्धितिय र नाम्चे समाज सेवा टिम‘बि’ तृतिय भएको नाम्चे युवा समुहका खेल संयोजक लामाकाजी शेर्पाले बताउनु भयो ।
आन्तरिक पर्यटक प्रवद्र्धन गर्ने उद्देश्यले सगरमाथा दिवशको अवशर पारेर सम्पन्न प्रतियोपगतामा प्रथम, द्धितिय र तृतिय हुनेले पाँच लाख १०१ रुपैया, तीन लाख १०१ रुपैया र एक लाख १०१ रुपैया हात पार्नेछन् पारेका छन् भने उत्कृष्ट खेलाडी सगरमाथा समाज सेवाका अमृत केसीले ५० हजार १०१ रुपैया जित्नु भएको आयोजकले जनाएको छ । प्रतियोगितामा ११ टिमको सहभागिता रहेको थियो ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.