एभरेष्ट म्याराथनको उपाधी भिम र पुर्णिमालाई

गत वर्षका विजेता सुमन र निरकला दुवैले द्धितियमा चित्त बुझाए


विवश कुलुङ
सल्लेरी, जेठ १५ गते । ६५ औं अन्तराष्ट्रिय सगरमाथा दिवशको अवशरमा अयोजित तेन्जिङ हिलारी एभरेष्ट म्याराथन दौडको १६ औं संस्करणको पुरुषतर्फको उपाधि नेपाली सेनाका भिम बहादुर गुरुङले हात पारेका छन् । उहाले ४२ किलोमिटरको निर्धारित दुरी ४ घण्टा २ मिनेट ३० सेकेण्डमा पुरा गरी उपाधि जितेका हुन् ।
त्यस्तै महाकुलुङ ५ सोलुखुम्बुका सुमन कुुलुङले निर्धारित ४२ किलोकिटर धुरी ४ घण्टा ६ मिनेट १० सेकेण्डमा दुरी पुरा गर्दै द्धितिय हुनु भएको छ । गत वर्षको प्रतियोगितामा ३ घण्टा ४३ मिनेटमा दौड पुरा पुरा गर्दै प्रथम भएका कुलुङले यसपल्ट द्धितियमा चित्त बुझाउनु परेको हो । त्यस्तै नेपाली सेनाकै वेद बहादुर सुनुवारले ४ घण्टा २८ मिनेट ३५ सेकेण्डमा धुरी पुरा गरि तृतिय स्थान हात पारेको छ ।
आज बिहान सगरमाथाको आधारशिविरबाट शुरु भएको म्यारथन गोरक्सेप, लोवुचे, थुक्ला। फेरिचे, दिङवोचे, पाङवोचे, तेङवोचे क्याङेमा हुदै नाम्चे बजारको चौरक्याम्पमा आएर समापन भएको हिमालय एक्पिडिशनका म्याराथन व्यवस्थापक शेखर पाण्डेले जानकारी दिनु भयो ।
त्यस्तै ४२ किलोमिटर लामो महिला दौडतर्फ सोलुखुम्बुकी पुर्णिमा राईले ५ घण्टा ११ मिनेट १४ सेकेण्डमा धुरी पार गर्दै उपाधी हात पार्नु भएको छ । त्यस्तै सोलुखुम्बकै निरकला कुलुङले ५ घण्टा २७ मिनेट ३२ सेकेण्डमा निर्धारित ४२ किलोटिर धुरी पार गर्दै द्धितिय हुनु भएको छ । सोलुखुम्बुकै पदम कुमारी राईले ५ घण्टा ५२ मिनेट २१ सेकेण्डमा धुरी पार गर्दै तेस्रो भएको आयोजकले जनाएको छ । हिमालयन एक्सपीडीशन प्रा. लि को आयोजनामा सम्पन्न एभ्रेष्ट म्याराथनलाई उच्च हिमाली क्षेत्रको जोखिमपुर्ण खेलमा रुपमा लिईन्छ ।
२१ किलोमिटर विदेशी पुरुष तर्फ अस्टे«लियाका जयडेन क्लिनाकले २ घण्टा ५९ मिनेट ३५ सेकेण्डमा २१ किला्ेमिटर धुरी पार गर्दै उपाधी हात परेको छ । त्यस्तै ३ घण्टा १९ मिनेट ४५ सेकेन्डमा धुरी पार गर्दै दक्षिण कोरियाका दोङ वुक क्नोउले द्धितिय स्थानमा आफ्नो नाम लेखाएको छ ।त्यस्तै भारतका दिनेश सर्भवालले ३ घण्टा ३७ मिनेट ३२ सेकेन्डमा पार गर्दै तेस्रो स्थान ओगटेको छ ।
साथै विश्व कै अग्लो स्थानमा हुने एभरेष्ट अल्ट्रा म्याराथन पनि सम्पन्न भएको छ । ६५ औं अन्तराष्ट्रिय सगरमाथा दिवशको अवशरमा अयोजित तेन्जिङ हिलारी एभ्रेष्ट अल्ट्रा म्याराथन दौडको १६ औं संस्करणको पुरुषतर्फको उपाधि नेपाली सेना तिर्थ बहादुर तामाङले हात पारेका छन् । उहाले ६० किलोमिटरको निर्धारित दुरी ६ घण्टा ५६ मिनेट १३ सेकेण्डमा पुरा गरी उपाधि जितेका हुन् । गत वर्षको संस्करण पनि उहाले नै जित्नु भएको थियो ।
त्यस्तै सोलुखुम्बु महाकुलुङका किरण कुलुङले निर्धारित ६० किलोकिटर धुरी ७ घण्टा ४१ मिनेट ८ सेकेण्डमा दुरी पुरा गर्दै द्धितिय हुनु भएको छ । त्यस्तै मोहनदेव जोशीले ८ घण्टा ३४ मिनेट ३१ सकेण्डमा धुरी पुरा गरि तृतिय स्थान हात पारेको छ । आज बिहान सगरमाथाको आधारशिविरबाट शुरु भएको म्यारथन गोरक्सेप, लोवुचे, थुक्ला। फेरिचे, दिङवोचे, पाङवोचे, तेङवोचे क्याङेमा हुदै नाम्चे बजारको चौरक्याम्पमा आएर समापन भएको हिमालय एक्पिडिशनका हिमालय एक्पिडिशनका म्याराथन व्यवस्थापक शिखर पाण्डेले जानकारी दिनु भयो ।
पुरुष तर्फको ४२ किलोमिटर विजेताले क्रमशः दुई लाख, एक लाख र ७५ हजार जित्नु भएको छ भने महिला तर्फको ४२ किलोमिटर विजेताले एक लाख, ७५ हजार र ५० हजार तथा हाफ २१ किलोमिटर तर्फ ५० हजार, ३५ हजार र २५ हजार पुरस्कार जित्नुभएको छ । त्यस्तै ६० किलोमिटर अल्ट्रातर्फको विजेताले क्रमश एक लाख, ७५ हजार र ५० हजार जित्नु भएको आयोजक संस्था हिमालयन एक्सपीडीशन प्रा. लिका म्याराथन व्यवस्थापक शिखर पाण्डेले बताउनु भयो ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.