विचित्रको आँपको रुख हेर्ने सर्वसाधारणको भीड

कपिलवस्तु । कपिलवस्तुमा रहेको अनौठों तथा बिचित्रको एउटा आँपको रुखले सबैको ध्यान तान्न थालेको छ । मानिसहरु आँपको रुखमा दैवी शक्ति रहेको विश्वासले हरेक सोमबार पूजा गर्दै आएका छन् भने आँपको रुख हेर्नका लागि पनि भीड लाग्ने गरेको छ । एक रिपोर्ट आँपको रुखको हागां माथि गई र सोही हांगा फेरि जमिनमा झरेको छ ।

त्यस्तै सो हाँगा जमिनबाट पुनः माथि सरेकोले आँपको रुख अनौठोमात्र नभई दैवी शक्ति रहेको विश्वास पनि गरिन थालिएको छ । कपिलवस्तुको साबिक धनकौली –१ धनकौली हाल बाणगंगा १० मा करिब ३ सय बर्ष पुरानो आँपको रुखमा दैवी शक्ति रहेको विश्वास गरिएको हो । स्थानीय केही व्यक्तिहरुले आँपको रुखमा पूजापाठ गरि गरेको भाकल पनि पूरा भएको पनि बताउदै आएका छन् ।

स्थानीय विश्वम्भर मिश्रको ५ कठ्ठा जग्गामा रहको सो आँपको रुख मोटो छ भने हाँगा चारै तिर फैलिएको छ । उक्त रुख अहिले भपक्क फुलेको छ । प्रत्येक दिन भक्तजन भीड लाग्ने आँपको रुखको कुनै पनि हाँगा पनि सुकेको छैन । आँपको रुख बिक्री गरे पछि रुख काटन आउने मानिस बिरामी भै रुख काटन नसकेपछि पछि रुख माथि सर्वसाधारणको विश्वास झनै बढ्न पुगेको हो ।

आँपको रुखको माथि समय माईको साया रहेकोले रुखको पूर्वतर्फ समय माई देबीको सानो मन्दिर स्थानीयले स्थापना गरेका छन् । सो मन्दिरमा भाखल पूरा हुनेले हातीको मुर्ति राख्ने गरेका छन । प्रत्येक सोमवार उक्त रुख मुनी ठूलो संख्यामा भक्तजनको भीड लाग्ने गरेका छन् । आँपको रुखमा ३ किसिमको आँप फल्ने गरेको स्थानीयको भनाई छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.