थुलुङ भाषको पाट्याक्रम निर्माणमा रकम अभाव

काठमाण्डौ/ थुलुङ राई भाषामा शिशु तथा कक्षा -१ को विद्यालय स्तरिय पाठ्यपुस्तकमा रहेको ७ वटा राइम्स,ब्याकरण र सब्दकोष बनाउन आर्थिक अभावले समास्या भएको छ । । आफ्नै मातृभाषामा पठनपाठन गर्न र गराउन सुरु भए संगै अभिभावकहरु,विद्यार्थीहरु पनि उत्साहित बनेको भए पनि अझै व्यवस्थित र प्रभावकारी तथा निरन्तरता दिन आर्थिक अभाव भएको हो ।

राज्यले पढाउने अधिकार दिए पनि आवश्यक स्रोत,साधन तथा लाग्ने जनशक्ति राज्यले नदिदा आर्थिक समस्या भएको थुलुङ्ग राई भाषा पाठ्यक्रम विकास केन्द्रका संयोजक खुक्सङ्ग खम्बु बताउनुहुन्छ । हाल शिशु र एक कक्षाको पुस्तक तयार गर्दा तिन लाख जति ऋण रहेकोमा पाठ्यक्रममा राखिएको बालगित निर्माणको लागी अनुमानित तिन लाख तथा व्याकरण ,प्राबिधिक शब्दावली,शब्दकोष निर्माणको लागी करिव दुइ देखि तिन लाख  गरी लगभग छ  लाख खर्चको आवस्यक रहेको पाठ्यक्रम विकास केन्द्रका सदश्य पदम थुलुङ्ग बताउनुहुन्छ ।

शैक्षिकसत्र २०७५/०७६ मा खोटाङ,ओखलढुङ्गा र सोलुखुम्बुका बिभिन्न विद्यालयहरुमा थुलुङ राई भाषाको पुस्तक लागु गरिएको छ ।

थुलुङ राई भाषाको पाठ्यपुस्तक पढाई हुने विद्यालयहरुको नामवली :

  • रावाबेशी गा. पा. वडा नम्बर ३, च्यूरिबास, खोटाङ

०१। जनज्योती आधारभूत विद्यालय

ऐसेलुखर्क गा. पा. वडा नम्बर ६, सल्ले, खोटाङ
०२। सूर्य ज्योति आधारभूत विद्यालय
०३। शान्तोदय माध्यामिक विद्यालय
०४। शिशु आधारभूत विद्यालय

  • ऐसेलुखर्क गा. पा. वडा नम्बर ५, रिब्जुङ, खोटाङ

०५। ज्योति आधारभूत विद्यालय
०६। मयुर आधारभूत विद्यालय
०७। शिशु माध्यामिक विद्यालय

  • थुलुङ दुधकोशि गा. पा. वडा नम्बर ३, पञ्चन, सोलुखुम्बु

०८। दुधकोशी आधारभूत विद्यालय
०९। भूमेश्वर आधारभूत विद्यालय
१०। जाल्पादेवी आधारभूत विद्यालय

  • थुलुङ दुधकोशि गा. पा. वडा नम्बर ६, मुक्ली, सोलुखुम्बु

११। फूल्यूकु आधारभूत विद्यालय
१२। जुङगेल आधारभूत विद्यालय
१३। दोस्कु आधारभूत विद्यालय
१४। विरेन्द्रदोय माध्यामिक विद्यालय

  • थुलुङ दुधकोशि गा. पा. वडा नम्बर ७ र ८ देउसा, सोलुखुम्बु 

१५। नाम्से आधारभूत विद्यालय
१६। देराखु आधारभूत विद्यालय
१७। देउसा शिशु कल्याण विद्यालय (फूर्के)
१८। कालिका आधारभूत विद्यालय (दिप्ली)
१९। सरस्वती आधारभूत विद्यालय (तेम्लुवाय)
२०। दुधकौशिका आधारभूत विद्यालय
२१। देउसा माध्यामिक विद्यालय

  • थुलुङ दुधकोशि गा. पा. वडा नम्बर ९ लोखिम, सोलुखुम्बु

२२। जनता माध्यामिक विद्यालय
२३। पञ्चकन्या आधारभूत विद्यालय
२४। लिखेप आधारभूत विद्यालय

  • थुलुङ दुधकोशि गा. पा. वडा नम्बर ५ जुबु, सोलुखुम्बु

२५। हिमालय माध्यामिक विद्यालय (भ्रक्सी)
२६। जाल्पा कन्या आधारभूत विद्यालय (लिफु)

चिसंखुगढी गा. पा. वडा नम्बर १ कुइभिर, ओखलढुङ्गा
२७। भूमेस्थान आधारभूत विद्यालय

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.