सन्दीप विश्व ११ को पहिलो रोजाईमै

विश्व क्रिकेटका स्टारहरु  लर्ड्स मैदानमा विश्व ११ विरुद्ध वेष्ट इन्डिजको ‘च्यारिटी’ खेलमा उत्रिएका छन् जसमा नेपालका युवा स्पिनर सन्दीप लामिछाने पनि सामेल रहेका छन् । सन्दीपले सुरुवाती ११ मै स्थान बनाएका छन् ।

यस खेलमा उठेको पैसा सन् २०१७ मा केरिबियन क्षेत्रमा आएको आँधीबाट प्रभावित रंगशालाको पुनर्निर्माण तथा पीडितहरुको सहयोगका लागि खर्च गरिने छ ।

यस खेलमा विश्व ११ को टोलीलाई पाकिस्तानी पूर्व कप्तान शाहिद अफ्रिदीले कप्तानी गर्नेछन् । इंग्ल्यान्डका कप्तान इयोन मोर्गनको कप्तानीमा टोली उत्रिने भनिए पनि उनी चोटग्रस्त भएपछि सो जिम्मेवारी अफ्रिदीले लिने भएका हुन् । अर्को तर्फ वेष्ट इन्डिजको टोलीको कप्तानी कार्लोस ब्रेथवेटले गर्नेछन् ।

विश्व ११ को टोलीमा सन्दीपसहित बंग्लादेशका तमिम इक्बाल, भारतका दिनेश कार्तिक, पाकिस्तानकै शोएब मलिक, श्रीलंकाका थिसारा परेरा , अफ्गानिस्तानका रसिद खान र न्युजील्यान्डबाट लुक रोन्की र मिसेल म्याक्लिनिघन जस्ता अनुभवी नामहरु छन् । सन्दीपले हालै आइपिएलमा राम्रो प्रदर्शन गर्दै विश्व क्रिकेटमा आफ्नो नाम चिनाउन सफल भएका थिए ।

अर्को तर्फ, वेष्ट इन्डिजको टोलीमा क्रिस गेल, दिनेस रामदिन, कार्लोस सामुयल्स, आन्द्रे रसल, सामुयल बद्रि र एभिन लुइसजस्ता ठूला नामहरु पनि रहेका छन् । खेल नेपाली समय अनुसार १०.४५ बजे सुरु हुने छ र यस खेल आइसीसीको आधिकारिक फेसबुक पेजले प्रत्यक्ष प्रसारण गर्ने छन् ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.