यसरी हुन्थ्यो सुन तस्करीको सेटिङ !

काठमाडाैँ। अदालतमा आत्मसमर्पण गरी थुनामा परेका एसएसपी श्याम खत्रीले २०६८ सालदेखि नै सुन तस्करलाई लाईन मिलाउने काम गरेको खुलेको छ ।

महानगरीय प्रहरी अपराध महाशाखामा रहँदा उनी सुन तस्करको सम्पर्कमा पुगेका हुन् । त्यसयता उनले नै तस्करलाई प्रहरीको लाईन मिलाउँदै आएका थिए । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआईबी ले २०७३ पुस २९ मा साढे ३३ किलो सुन बरामद गरेपछि सुनतस्करसँगको उनको सम्बन्ध खुलेको हो ।

त्यति बेला रञ्जितकुमार गुप्ताले सिआईबीलाई दिएको बयान अनुसार २०६८ देखि खत्री सुन व्यापारीसँगको संगतमा रहेका थिए ।

महानरीय प्रहरी अपराध महाखामा कार्यरत रहँदा पनि उनी सुन व्यापारीसँग उठबस गर्थे आजको नागरिक दैनिकको पहिलो पृष्ठमा यो समाचार छापिएको छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.