अबदेखि सामुदायिक विद्यालयहरूले विद्यार्थीसँग कुनै शुल्क लिन नपाइने

काठमाडौं । अब सामुदायिक विद्यालयहरूले विद्यार्थीसँग कुनै शुल्क लिन नपाउने भएका छन्। संघीय संसद्ले तयार पारिएको शिक्षाको अधिकार व्यवस्था विधेयकमा माध्यामिक तहसम्म सामुदायिक विद्यालयले कुनै पनि शुल्क लिने नपाउने व्यवस्था गरिएको हो ।

उक्त विधेयकमा भनिएको छ– ‘आधारभूत तथा माध्यमिक तहसम्मको शिक्षा प्राप्त गर्न बालबालिका सार्वजनिक विद्यालयमा भर्ना भई माध्यामिक तहसम्म अध्ययन गर्दा उनीहरूसँग भर्ना शुल्क, अध्ययन गर्दा वा परीक्षामा सामेल हँुदा निज वा निजको अभिभावकबाट भर्ना, मासिक वा अध्ययन शुल्क, प्रयोगशाला शुल्क, खेलकुद वा अन्य कुनै नाममा शुल्क, दस्तुर, सहायता, चन्दा, दान वा अनुदान लिन सकिने छैन।’

विद्यालयाको इलाकाभित्र अभिभावन पहिचान नभएका वा पत्ता नलागेका बलबलीकाहरुलाई आधारभूत तहसम्मको शिक्षा दिनुपर्ने उल्लेख छ उक्त विधेयकमा संस्थागत विद्यालयले सञ्चालन गरेका प्रत्येक कक्षामा कम्तिमा २५ प्रतिशत स्थानमा माध्यमिक तहसम्म निःशुल्क शिक्षा प्रदान गर्ने प्रयोजनका लागि बालबालिकाको स्थान आरक्षण गरी भर्ना गर्नुपर्ने व्यवस्था छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले पनि यही असोजभित्र ऐन पारित भई लागू हुने दाबी गरेका छन् ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.