विश्वकपमा ब्राजिलको सम्भावित सुरुवाती ११

विश्व खेलकुदमा सबै भन्दा चर्चित, फुटबलको महाकुम्भ विश्वकप २०१८ जुन १४ देखि रुसमा सुरु हुँदै छ । यस विश्वकपमा बलियो दाबेदार मानिएको टोलीमा ब्राजिल पनि पर्छ ।

अघिल्लो विश्वकपमा ब्राजिल निराशजनक तरिकाले सेमिफाइनलमा जर्मनीसँग ७-१ ले पराजित हुँदै बाहिरिएको थियो । त्यो सम्झना बिर्सँदै २०१८ रुस विश्वकपमा ब्राजिलले आफुलाई बलियो रुपमा प्रस्तुत गर्ने होडमा छ ।

प्रशिक्षक टिटेले तीन महिना अघि नै आफुले खेलाउने सुरुवाती ११ सार्वजनिक रुपमै घोषणा गरेका थिए । त्यसमा डिफेन्समा ड्यानी एल्भेस समावेश रहेका थिए तर चोटका कारण एल्भेसले प्रतियोगिता गुमाउने छन् । उनको स्थानमा म्यानचेस्टर सिटीका ड्यानिलो खेल्न सक्ने छन् ।

त्यस्तै टिटेले पूर्व कप्तान थियागो सिल्भालाई समेत सुरुवाती ११ मा नरोजी पिएसजीका मार्क्युनोस रोजेका छन् । उनको यो रोजाईलाई यस हप्ता खेलिने मैत्रीपूर्ण खेलहरुको सुरुवाती ११ ले अझ प्रष्ट पार्ने छ ।

यसैगरी अग्रपंक्तिमा टिटेले लिभरपुलका फिर्मिनो र चेल्सीका विलियनलाई सुरुवाती ११ मा स्थान दिएका छैनन् । नेयमार र कौटिन्होसँगै म्यानचेस्टर सिटीका ग्याब्रियल जेसस टिटेको पहिलो रोजाईमा छ । तर नेयमार अग्रपंक्तिको बीचमा खेले भने विलियन विङमा खेल्न सक्ने छन् । त्यस्तै फिर्मिनो भने जेससकै विकल्पका रुपमा टोलीमा रहेका छन् ।

ब्राजिलको सम्भावित सुरुवाती ११ यस प्रकारको रहेको छ:

गोलकिपर: एलिसन

डिफेन्स: मार्सेलो, मिरान्डा, मार्क्युनोस, ड्यानिलो

मिडफिल्ड: क्यासेमिरो (कप्तान), रेनाटो अगस्टो, पौलिन्हो

फरवार्ड: नेयमार, ग्याब्रियल जेसस, फिलिप कौटिन्हो

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.