बेनिशा हमालको मुटभित्र टंकराज कुलुङले बास मागेपछि

उत्कृष्ट अभिनेत्रीको अवार्ड उचाल्न सफल लोकप्रिय नायिका बेनिशा हमालको अभिनय रहेको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गायक कन्काईस्ट राईको आवाजमा ‘मुटुभित्रै देउन मलाई बास’ बोलको गीतमा बेनिसाको अभिनय देख्न सकिन्छ । बेनिसासँग मोडल टंकराज कुलुङले (फिचिरिङ) गरेका छन् ।

गायक कन्काइष्टको बिरासत–२ एल्वममा समावेश उक्त गीतको भिडियोमा बेनिशा हमाल र टंकराज कुलुङको रमाईलो अभिनय रहेको छ । चर्चित निर्देशक निकेश खड्काले भिडियो निर्देशन गरेका हुन् ।

भिडियोमा युगल जोडीबिचको मायाप्रेमको प्रशंगलाई समेटिएको छ । राजुबाबु श्रेष्ठको शब्द, राजनराज शिवाकोटीको संगीत संयोजन, साहस शाक्यको एरेञ्ज, रेकडिस् एजेन राई र मिक्सीङ चन्द्र चौधरीले गरेका हुन् ।

भिडियो शुक्रबार सार्वजनिक गरिएको हो । भिडियोमा सविना गुरुङको शृङगार, बुद्ध थापाको छाँयाङ्कन तथा विकास धमलाको सम्पादन रहेको छ ।

 

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.