विषालु सर्पको टोकाइबाट एकै घरका हजुरआमा र नातिको मृत्यु

उदयपुर, जेठ २० गते । उदयपुरको कटारी नगरपालिका ४ सिम्लेमा विषालु सर्पको टोकाईबाट एकै घरका हजुरआमा र नातिको मृत्यु भएको छ । आईतबार विहान सिम्लेमा एकै घरका ११ वर्षे नाति सगुन बस्नेत र हजुरआमा ५० वर्षे टिकामाया बस्नेत मृत्यु भएको प्रहरीले जनाएको छ ।
हजुरआमाको घरमै मृत्यु भएको र नातिको सैनिक क्याम्प कटारीमा ताराघारीमा रहेको सर्पदंश उपचार केन्द्रमा मृत्यु क्याम्पका मेजर साकारसिंह बस्नेतले जनाकारी दिनुभयो । सगुने बस्नेतको उपचारको क्रममा मृत्यू भएको हो । कटारी क्षेत्रमा गत वैशाखदेखि हालसम्म १९ जना सर्प र विच्छीको टोकाईबाट पिडित बनेका छन।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.