महिलालाई ठाउँ नदिंदा नेकपा दर्ता भएन

जेठ २१ गते, काठमाडौं । नवगठित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले महिलालाई ठाउँ नदिंदा दर्ता नभएको खबर आजको नागरिक दैनिकले छापेको छ । समाचारका अनुसार निर्वाचन आयोगमा दल दर्ताका लागि योग्य हुन अहिले केन्द्रीय समितिमा सहभागी गराएको महिलाको संख्यालाई कम्तिमा दोब्बर पार्नुपर्ने निर्वाचन आयोगका अधिकारीले बताएका छन्।

निर्वाचन आयोगका आयुक्त ईश्वरीप्रसाद पौड्यालले दल दर्ता ऐन बमोजिम समावेशिताको सिद्धान्त नेकपाले पालना नगरेकोले दल दर्ताका लागि कठिनाई भएको बताए । उनले आयोगको कानुनी शाखाले यसबारे विस्तृत अध्ययन गरिरहेको बताउदै निर्वाचन आयोगले दल दर्ताबारे शाखाको अध्ययन पश्चात निर्णय लिने बताए ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.