सगरमाथा आरोही महिला पत्रकार महर्जन र छोकी शेर्पा सम्मानित

सगरमाथा आरोही महिला पत्रकार कल्पना महर्जन तथा अर्की आरोही छोकी शेर्पा सम्मानित भएका छन् । राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज)द्वारा आज यहाँ आयोजित सगरमाथा आरोहण –२०१८ टिमलाई बधाई तथा सम्मान कार्यक्रममा महर्जन सम्मानित भएका हुन् ।

सम्मान कार्यक्रममा महर्जनले भनिन्, ‘सगरमाथा चढ्न पाउनु आफैँमा गर्वको विषय हो र यसले भविष्यमा पर्यटन क्षेत्रको विकासमा सघाउ पु¥याउन ऊर्जा मिलेको छ ।’ सगरमाथा अहिले काठमाडौँभन्दा पनि दुर्गन्धित हुन पुगेकामा उनले दुःख व्यक्त गरिन् ।

नाटोजकी कोषाध्यक्षसमेत रहेकी उनले सगरमाथाको सरसफाइका लागि संघले सन् २०१९ लाई सगरमाथा सरसफाइ वर्षका रुपमा मनाउनसमेत पहल गर्ने बताइन् । सगरमाथाको आरोहणका क्रममा स्वास्थ्यमा समस्या आए पनि त्यसलाई जितेर नै आफू सफल आरोही बन्न पुगेकामा उनले हर्ष व्यक्त गरिन् ।

यसैगरी, नाटोजद्वारा सम्मानित अर्की आरोही छोकी शेर्पाले आफू गतवर्ष उत्तर कोरियाबाट फर्किएर नेपाल आएपछि सगरमाथा चढ्ने उद्देश्य बनाएकाले त्यसलाई आफूले यो वर्ष सफल पारेको जानकारी दिइन् ।

नेपालका महामानव गौतमबुद्धको जन्मभूमि भएका कारण आफूले लुम्बिनीदेखि सगरमाथासम्म पुगी आरोहण गरेको र बुद्धको मूर्ति सगरमाथासम्म पु¥याउन सफल भएकामा हर्षसमेत व्यक्त गरिन् ।

सो अवसरमा पूर्वपर्यटनमन्त्री आनन्द पोखरेलले इच्छाशक्ति भएमा जस्तोसुकै कठिन काम पनि गर्न सकिने भन्दै पर्यटनको विकासलाई सरकारले प्रभावकारीरुपमा कार्यान्वयन गर्नुपर्ने बताए ।

उनले सरकारको नीति तथा कार्यक्रममा पर्यटनलाई प्रमुखरुपमा राखेको र बजेटसमेत विनियोजन गरेकामा खुशीसमेत व्यक्त गरे ।

पोखरेलले भने, ‘बुद्ध दर्शनको प्रवद्र्वन र सगरमाथाको प्रवद्र्धन देशको पर्यटनको प्रमुख चुनौती हो ।’

नाटोजका अध्यक्ष शिव अधिकारीले पर्यटनमा आबद्ध पत्रकारलाई सम्मानलगायत पर्यटन क्षेत्रको विकासका लागि काम गरेको जानकारी दिए ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.