इटाली र नेदरल्यान्ड्स विचकोको खेल बराबरी

विश्वकप नजिकिंदै गर्दा विश्वकपमा छनोट हुन नसकेका टोली भने मैत्रीपूर्ण खेलमा व्यस्त छन् । यसैक्रममा सोमबार भएको मैत्रीपूर्ण खेलमा इटाली र नेदरल्यान्ड्सले १-१ को बराबरी खेलेका छन् ।

आलियान्ज रंगशालामा भएको खेलको पहिलो हाफमा दुवै टोलीले गोल गर्न सकेनन् । दोस्रो हाफको ६७ औं मिनेटमा सिमोने जाजाले गोल गर्दै इटालीलाई अग्रता दिलाएका थिए । तर त्यसको दुई मिनेटपछि इटाली दश खेलाडीमा सिमित भयो । डोमेनिको क्रिस्चिटोले पछाडीबाट रायन बाबेललाई लडाएपछि रेफ्रीले क्रिस्चिटोलाई रातो कार्ड देखाएका थिए ।

खेल सकिन २ मिनेट बाँकी रहँदा नाथन आकेले नेदरल्यान्ड्सका लागि बराबरी गोल फर्काए । उनले स्टिभन बर्घुसको पासलाई सदुपयोग गर्दै गोल गरे । राष्ट्रिय टोलीबाट पहिलो पटक खेलिरहेका आके ७१ औं मिनेटमा माथिस डे लिटको स्थानमा मैदान प्रवेश गरेका थिए ।

नेदरल्यान्ड्सका प्रशिक्षक रोनाल्ड कोम्यानले युवा खेलाडीहरुलाई मौका दिएर भविष्यको लागि टोली तयार पार्दै छन् । उनले सुरुआती रोजाईमा मेम्फिस डिपाएलाई फरवार्डको भूमिकामा खेलाएका थिए । इटालीका नयाँ प्रशिक्षक रोबर्टो मान्चिनीले पनि युवा खेलाडीलाई नै टोलीमा मौका दिए । आन्द्रीए बेलोट्टी अग्रपंक्तिमा खेल्दा उनलाई लोरेन्जो इन्सिन्या र सिमोने भर्डीले साथ् दिएका थिए ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.