नेपाली मिडिया आवाज विहिनको आवाज हो कि अश्लिलताको आवाज हो ?

नेपाली मिडियाहरुका बारेमा कुरो गर्दा उनीहरुका लागि राज्यद्धारा दबाइएका वा पछाडि पारिएका आदिवासी जनजाति, मधेसी, मुस्लिम, दलित, महिला, कमैया, हरुवा–चरुवा, बादी, मजदुर, तेस्रो लिंगी, पिछडिएको क्षेत्र आदिले उठाएको सवालभन्दा पनि स्वदेशी÷विदेशी हिरो÷हिरोइनको कम्मरको साईज, स्तनको साईज, योनीको साईज, भंगाकुरको साईज, लिंगको साईज, अण्डकोशको साईज, उनीहरुले यौन सम्पर्क गर्दा लाग्ने समय, एक दिन वा एक रातमा कतिपटक यौन सम्पर्क गर्न सके ? यौन सम्पर्क गर्दा कसले कस्तो कन्डम प्रयोग गरे ? अनि उनीहरुले खाने खानाको परिकार, उनीहरुले लगाउने भित्री लुगाको ब्रान्डको नाम, रंग त्यस्तै उनीहरुले छनोट गर्ने गरेको मनोरञ्जनस्थल आदिका बारेमा बखान गर्नु ठुूलो बहादुरी हुने गरेको देखिन्छ ।


–निनाम लोवात्ती कुलुङ
भनिन्छ, मिडिया भनेकोे “आवाजविहीनहरुको पनि आवाज हो ।” र, विश्वभरि नै मिडिया सम्बन्धी बनेको अवधारणा र मान्यता पनि यही हो । अनि मिडिया भनेको राष्ट्रको चौथो अंग पनि हो । तर, नेपालका अधिकांश मिडिया आफूमाथि बनेको विश्वव्यापी मान्यता र आम धारणा अनुसार चलेका छन् त ? प्रश्न गर्ने ठाउँ प्रसस्तै छ । बरु आफ्नो वर्ग स्वार्थका लागि नेपाली मिडियाको एकता अचम्मसँंग प्रकट हुन्छ । जस्तो गत वर्ष भारतसंँग सीमा जोडिएको सप्तरी जिल्लाको तिलाठीमा भारतीयहरुले सीमा मिचेको प्रसंगमा नेपाली मिडियाहरुको एकता र वर्ग स्वार्थ गज्जबले प्रकट भएको थियो । सीमा क्षेत्रमा रहेका तराईका जनताले गरेको प्रदर्शनलाई केही मिडियाले त अतिरञ्जना नै गरेर प्रचारप्रसार गरेका थिए । तर, त्यही तराईका जनताले नागरिकता, संघीयता, भाषा, धर्म आदिको सवाल र संविधानमै मौलिक हकअधिकार स्थापित हुनु पर्ने विषय लगायत राज्यको हरेक क्षेत्रमा समानुपातिक समावेशीता, विकास आदिबारे कुरो उठाए भने विदेशीमा दरिनु पर्ने वाध्यता छ । खासगरी यो सवाल नागरिकताको विषयमा अरु बढी प्रकट हुने गरेको छ ।
यसरी नेपाली मिडियाको चाला देख्दा (खासगरी मूलधारका मिडिया हौं भन्नेहरु) नेपालमा आफ्नो वर्ग स्वार्थमा धक्का लाग्ने बित्तिकै असहिषुण भएर प्रस्तुत हुने कोही छन् भने त्यो नेपाली मिडिया नै हुन ! भन्न सकिन्छ । त्यसो त नेपाली मिडियिाहरुको अभूतपूर्व एकता पहिलो संविधानसभा विघटन ताकादेखि अरु बढी ‘ओपन सिक्रेट’ भएर प्रकट भई रहेको देखिन्छ । र, यो क्रम लामो समयसम्म जारी रहने देखिन्छ ।
जबकि राज्यद्धारा नै ऐन, कानुन, नियम, विनियम, नियमावली आदि बनाएर र, संविधानको विभिन्न धारा, उपधारा, (क), (ख), (ग) ….. आदिमै व्यवस्था गरेर विगत लामो समयदेखि वञ्चितीकरणमा पारिएका र, उपेक्षित, उत्पीडित जातजाति, भाषाभाषी र वर्गले उठाएका सही र जायज मागमा नेपाली मिडियाको साथ र सहयोग रहनु पर्ने थियो । तर, अधिकांश नेपाली मिडियाको चाला देख्दा आपूmप्रति बनेको धारणा ‘आवाज विहीनहरुको पनि आवाज हो’ भन्ने भनाइलाई व्यवहारको कसीमा उतार्न सकेका छैनन् । यो बबुरोको बुझाईमा नेपाली मिडियामा कार्यरत मिडियाकर्मीहरुले के बुझेका छन् भने साँच्चै आवाजविहीनहरुको आवाजलाई प्रनितिधित्व गर्ने हो भने, उनीहरुको जायज मागलाई सम्बोधन गराउन राज्यलाई झकझक्याउने हो भने भोलि आप्mनै स्वार्थमा धक्का लाग्छ । त्यसैले नेपाली मिडियाको समाचार दिने शैली, सम्पादकीय लेख्ने शैली, लेख रचना छनौट गर्ने÷प्रकाशन गर्ने शैली फेरिएको छैन । प्रजातान्त्रिक र लोकतान्त्रिक भनिएको जमानामा पनि अधिकांस नेपाली मिडिया कसको ‘प्रो’ र कसको ‘एन्टी’मा छन्, सर्वसाधारण नागरिकले समेत सहजै अनुमान लगाउन सक्छन् । माथिको प्रसंग खासगरी नेपाली मूलधारका मिडिया हामी हौं ! भन्नेहरुमा बढी लागू भएको देखिन्छ ।
लाग्छ, फ्रान्सका तत्कालीन सम्राट लुईं चौधौंले ‘म नै राज्य हँु’ भने झैं नेपालका अधिकांश मिडियाहरु पनि आफूलाई राज्यको चौथो अंग मात्रै होइन, पहिलो अंग अर्थात् ‘कार्यकारी अधिकारसहितको राज्याधिकारी नै मै हँु’ भन्ने ठान्छन् ! कस्तो लाग्छ भने, नेपाली मिडियाहरु आफ्नो÷आफ्नो वर्ग स्थार्थ रक्षार्थ दोस्रो विश्व युद्धको कारक मान्ने गरिएको हिटलरका प्रचारमन्त्री (संचारमन्त्री) गोयबल्सलाई पनि माथ गर्न तयार हुन्छन् । यसका लागि उनीहरु जुनसुकै मूल्य चुकाउन पनि पछि पर्दैनन् । नपत्याए अभैm पनि स्वतन्त्र ढंगले कुनै संघसंस्था वा व्यक्तिले यस विषयमा सर्वेक्षण गरे हुन्छ ।
हुन पनि नेपाली मिडियाहरुका बारेमा कुरो गर्दा उनीहरुका लागि राज्यद्धारा दबाइएका वा पछाडि पारिएका आदिवासी जनजाति, मधेसी, मुस्लिम, दलित, महिला, कमैया, हरुवा–चरुवा, बादी, मजदुर, तेस्रो लिंगी, पिछडिएको क्षेत्र आदिले उठाएको सवालभन्दा पनि स्वदेशी÷विदेशी हिरो÷हिरोइनको कम्मरको साईज, स्तनको साईज, योनीको साईज, भंगाकुरको साईज, लिंगको साईज, अण्डकोशको साईज, उनीहरुले यौन सम्पर्क गर्दा लाग्ने समय, एक दिन वा एक रातमा कतिपटक यौन सम्पर्क गर्न सके ? यौन सम्पर्क गर्दा कसले कस्तो कन्डम प्रयोग गरे ? अनि उनीहरुले खाने खानाको परिकार, उनीहरुले लगाउने भित्री लुगाको ब्रान्डको नाम, रंग त्यस्तै उनीहरुले छनोट गर्ने गरेको मनोरञ्जनस्थल आदिका बारेमा बखान गर्नु ठुूलो बहादुरी हुने गरेको देखिन्छ ।
त्यस्तै सुंगुरलाई संगिनी सुई लगाएको, भैंसीलाई जेल हालेको, गाई/गोर मारेर/काटेर खाने आदिवासी जनजाति, मुसिलम, दलित आदिलाई अभैm पनि पूरानो ऐन, कानुन (जंगबहादुरको पालामा बनेको मुलुकी ऐन) १२ वर्ष जेल हालेको समाचार छाप्नु, प्रचारप्रसार गर्नु नै महत्वपूर्ण हुने गरेको देखिन्छ । अचम्म के छ भने, नेपाली मिडियाहरुले अहिलेसम्म पनि राज्यद्धारा दबाइएका वा पछाडि पारिएका आदिवासी जनजाति, मधेसी, मुस्लिम, दलित, महिला, कमैया, हरुवा–चरुवा, बादी, मजदुर, तेस्रो लिंगी, पिछडिएको क्षेत्र आदिले उठाएको सवालका लागि अलग्गै पृष्ठ वा कलम छुट्याएका छैनन् । तर, अचम्म के भने, प्रायः सबै पत्रपत्रिकाले स्वदेशी÷विदेशी हिरो÷हिरोइनको कम्मरको साईज, स्तनको साईज, योनीको साईज, भंगाकुरको साईज, लिंगको साईज, अण्डकोशको साईज, उनीहरुले यौन सम्पर्क गर्दा लाग्ने समय, एक दिन वा एक रातमा कतिपटक यौन सम्पर्क गर्न सके ? यौन सम्पर्क गर्दा कसले कस्तो कन्डम प्रयोग गरे ? अनि उनीहरुले खाने खानाको परिकार, उनीहरुले लगाउने भित्री लुगाको ब्रान्डको नाम, रंग त्यस्तै उनीहरुले छनोट गर्ने गरेको मनोरञ्जनस्थल लगायत सस्तो मनोरञ्जनका लागि भने, एक÷आधा पृष्ठ छुट्याएको देखिन्छ ।

अन्त्यमा, नेपाली मिडियाको कुरो गर्दा नेपालको विभिन्न मिडियामा कार्यरत उत्पीडित वर्गकै मानिएका पत्रकार भनिएकाहरुले पनि आफ्नै समुदाय वा वर्गलाई बहिस्करण गर्ने÷खिल्ली उडाएर लेख्ने वा पत्रकारिताको सिद्धान्तभन्दा फरक ढंगले प्रचाकारिता गर्ने र, एक पत्रकारको नाताले सही र सन्तुलित समाचार दिनु पर्नेमा समाचारलाई पनि लेखकले जस्तो आफ्नो स्वार्थ अनुकूल व्याख्या गरेर, आफ्नो भनाइ वा विचार राखेर रिपोर्टिङ गर्ने गरेका छन् । सही ढंगले समाचार, र सूचना दिनुपर्ने पत्रकारले नै यस्तो गर्न थालेपछि के हुन्छ ? तर, नेपाली मिडियामा यो क्रम आदिवासी जनजाति, मधेसी, दलित, महिला, मुस्लिम, पिछडिएको क्षेत्र आदिको नाममा समावेशीको कोटा पाएदेखि नै जारी छ । जस्तै उदाहरणका लागि भन्नै पर्दा नेपाल आदिवासी जनजाति महासंघको अघिल्लो कार्यकालको लागि चितवनमा भएको सम्मेलनको पूर्व सन्ध्यामा कान्तिपुर दैनिक र गोरखापत्र दैनिकमा कार्यरत राई पत्रकारद्घयले महासंघको तत्कालीन अध्यक्ष पदमा उठेका चारजना उम्मेद्घारहरुको परिचय दिने क्रममा आफ्नो लबी राई ! जातका र (कथित् राई जातिको नाममा खुलेको राई यायोक्खा नामक एक एनजिओ, समाज कल्याण परिषद दर्ता नम्बर–२६५६) का उम्मेद्घारको राजनैतिक संलग्नता संघीय समाजवादी पार्टीमा र ती उम्मेद्घारको पदीय हैसियत केन्द्रीय सदस्य भए तापनि राई ! हुन त राई शब्दले नेपालको कुनै जात जाति नजनाएर नेपालको भगौलिक एकीकरणपछि तत्कालीन राज्यका हर्ताकर्ताहरुले दिएको स्थानीयस्तरको ‘छोटे’ राजा सरहको पद मात्रै हो । तापनि आत्मनिर्णयको अधिकारको कुरो जो छ, त्यसले गर्दा ती द्धय राई लगायत अन्य राईवाला सर÷म्यडमहरुले भोलिदेखि हामी राई होइन ‘गाई’ हौं ! भने पनि÷लेखे पनि यो बबुरोको केही लाग्ने होइन ! जे होस्, ती दुबै राई ! पत्रकारद्धयले चन्द्रविक्रम राईको बारेमा रिपोर्टिङ गर्दा÷बखान गर्दा चन्द्रविक्रम कुनै पार्टीमा संलग्न नभएको, आदिवासी जनजातिका पक्षपाती मात्रै होइन, खुँखार नै हुन् भने झैं गरी रिपोर्टिङ गरे । जबकि २०५७÷०५८ देखि जातीय स्वपचिानका लागि संघर्ष गरीरहेका÷लडीरहेका कुलुङ लगायत अन्य किराती जातिलाई आदिवासी जनजाति सूचीमा सूचीकृत हुनबाट रोक्ने र २०६८ को जनगणनामा अलग्गै जातिका रुपमा आउन लागेका कुलुङ बाहिङ लगायत १२ वटा किराती जातिलाई कथित् राई ! जातिमै गाभ्न केन्द्रीय तथ्यांक विभागका तत्कालीन महानिर्देशक लगायत विभागीय प्रमुखहरुलाई अनावश्क दवाव र धम्की दिने उनै चन्द्रविक्रम राई सर÷सुमाया राईनी म्याडमहरु हुन् । जे होस्, महासंघका अर्का कुमाल थरका उम्मेद्घारलाई भने सामाजिक लोकतान्त्रिक पार्टीको केन्द्रीय सदस्य हुन् भनी लेखिदिए÷प्रचार गरिदिए । जबकि विचरा ती कुमाल थरका उम्मेद्घवार सामाजिक लोकतान्त्रिक पार्टीमा संलग्न थिएनन् । तापनि उनै कुमाल थरका उम्मेदवारले जिते ।
त्यस्तै कान्तिपुर दैनिकका ती राई पत्रकार (जो हालसम्म पनि कान्तिपुर दैनिकमै कार्यरत छन्) ले २०६८ को जनगणनाको समाचार दिने क्रममा जहिले पनि केन्द्रीय तथ्यांक विभागले ५९ जातिको मात्रै तथ्यांक बाहिर ल्याउनु पर्ने आशयको समाचार दिइरहे । तर, केन्द्रीय तथ्यांक विभागले भने, एकसय २५ जात÷जाति र एकसय २३ भाषाको तथ्यांक प्रकाशित गर्ने तयारी गर्दै थियो । यस्तो पत्रकारितालाई के भन्ने ? त्यस्तै पछिल्लोपटक सरकारले स्थानीय तहको निर्वाचन, प्रदेश सभाको समानुपातिक सिट लगायतमा अल्पसंख्यकहरुलाई पनि सहभागिता गराउने हिसावले २०६८ को राष्ट्रिय जनगणानालाई आधार मानेर ९८ जातजातिलाई अल्पसंख्यक भनी राजपत्र प्रकाशित गरेर मान्यता दियो । फलतः हिजोसम्म कथित् राई ! जातिको घानमा परेका कुलुङलगायत धेरै भन्दा धेरै किरातीहरुले राज्यको विभिन्न अंगमा सहभागिता जनाउने अवसर पाए । जस्तो प्रदेशसभा निर्वाचनमा एक नम्बर प्रदेशबाट अगम बान्तावा अल्पसंख्यकबाट निर्वाचित भए । उनले पनि नागरिकतामा कथित् राई ! जाति लेखेको भए सायदै अल्पसंख्यकबाट प्रतिनिधित्व गर्न पाउँथे ?
तर, हिन्दु धर्मालम्बीहरुको भगवान गणेशसँग नाम मिल्ने कान्तिपुर दैनिकका राई ! पत्रकार भने अभैm पनि अनेक बहाना र निहुँमा अल्पसंख्यक र जातीय स्वपचिानका लागि संघर्षरत जातिहरुका विरुद्धमै समाचार लेखिरहेका छन् । सायद इतिहासले गणेश राई लगायत राईवाला पत्रकार कमरेडहरुले गरेको पत्रकारिताको मूल्यांकन गर्ने छ । खासगरी गणेश राई लगायत राईवाला पत्रकारहरुको तारो किरातीहरु रहेको देखिन्छ । यसरी हेर्दा किन कथित् राई ! जातिवालाहरु किरातीहरुलाई आदिवासी जनजाति हुन पनि नदिने र अल्पसंख्य पनि हुन नदिन कन्धनी कसेर लागेका छन् ? कथित् राई जातिवाला राई सर÷राईनी म्याडमहरुको चाला उदेक लाग्दो र बुझी नसक्नुको देखिन्छ ।
kehinajannekulung@gmail.com

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.