डन्डिफोर आएमा यस्तो मेकअप

खासगरी छाला बढी चिल्लो भएमा डन्डिफोर आउने समस्या हुन्छ । छाला बढी चिल्लो भएमा डन्डिफोर उत्पादन गर्ने ग्रन्थि पनि बढ्दै जान्छ । त्यस्तो अवस्थामा मेकअप आफैँमा चुनौतीपूर्ण हुन्छ । यस्तो समस्या भएमा पहिला त डन्डिफोर हटाउने उपायको खोजी गर्नुपर्छ ।

यस्तो समस्या भएका मानिसले ‘क्लिन सुप’ले अनुहार सफा गर्न आवश्यक हुन्छ । क्लिन सुपले दिनमा तीनपटकसम्म अनुहार सफा गर्नुपर्छ । यसले छालालाई ड्राई बनाउने गर्छ । अनि पिम्पल्स पनि बिस्तारै हटेर जान्छ । क्लिन सुपको कुनै पनि साइड इफेक्ट छैन ।

कतिपयमा डन्डिफोरको समस्या भएका मानिसले फेसियल गर्नुहुँदैन भन्ने मान्यता पनि छ । तर, फेसियल गर्दा पनि डन्डिफोरको समस्या र दागबाट धेरै हदसम्म बच्न सकिन्छ ।

पिम्पल्स आएका मानिसले फेसियल गर्दा भने विशेष सचेत हुन आवश्यक हुन्छ । जस्तो कि पोलुसनका कारण डन्डिफोर आएको हो भने एन्टिपोलुसन प्रडक्ट प्रयोग गर्नुपर्ने हुन्छ ।

फेसियल गर्दा चिल्लो स्किन भएका मानिसका लागि त्यस्तै खालका प्रडक्ट हुन्छ । त्यही प्रडक्ट प्रयोग गरेर फेसियल गर्न आवश्यक हुन्छ । तर, ड्राई स्किनको प्रडक्ट प्रयोग गरेमा झन् ठूलो समस्या निम्तिन सक्छ ।

डन्डिफोर आएका मानिसले क्रिमको पनि प्रयोग गर्न सक्छन् । तर, जुन पायो त्यही क्रिमले भने समस्यालाई थप बढाउँछ । यस्ता मानिसले आयल फ्री क्रिम प्रयोग गर्नुपर्छ ।

यस्ता मानिसले ड्राई स्किन टोनर पनि प्रयोग गर्न सक्छन् ।

डन्डिफोर निचोर्दा

कतिपय मानिसले डन्डिफोर निचोर्दा दाग बस्ने भन्दै यस्तो गतिविधि गरेको पाइँदैन । त्यस्तो होइन । तर, डन्डिफोरलाई नङले कोट्याउँदा भने दाग बस्ने समस्या हुन्छ । त्यसैले ब्ल्याक हेड रिमुभर पिनले थिचेर मात्र डन्डिफोर निचोर्नुपर्छ ।

डन्डिफोरको दाग हटाउन घरेलु उपाय पनि अवलम्बन गर्न सकिन्छ । यसका लागि सुकेको दागमा सुपारी घोटेर लगाउन सकिन्छ ।

राम्रोसँग अनुहार पखालेर मात्र सुत्ने गर्नुपर्छ । त्यसपछि स्किन टोनर लगाएर सुत्दा पनि राम्रो हुन्छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.